कोरोना प्रभावले राजस्वमा गंभीर धक्का, बुधबार ०.४ प्रतिशतमात्र संकलन

Mar 25, 2020 02:37 PM Merolagani



कोरोना भाइरस काेभिड १९ काे असर बिश्वव्यापी परिरहेकाे बेलामा नेपालमा पनि सरकारी आम्दानीमा  चैत्र महिनादेखि असर पर्न थालेकाे छ ।

मुलुक लक डाउनमा गएसँगै राजस्वमा गम्भीर धक्का लागेको छ। बुधबार जम्मा ०.४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखाले जनाएकाे छ। जबकी एक दिन मा दुई अर्बको हराहारीमा राजस्व संकला हुने गरेको थियो ।

बुधबार जम्मा ४ करोड १८ लाख मात्रै राजस्व संकलन भएको हो । चैत लागे देखिनै राजस्व संकलनको ग्राफ तल ओर्लिन थालेको छ।

गत चैत दुई गतेसम्म लक्ष्यकाे ४९.५८ प्रतिशत राजस्व संकलन भएकाेमा गएको १० दिनमा यसको वृद्धि दर जम्मा १.१९ प्रतिशत मात्रै छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।