कोरोना प्रभावले राजस्वमा गंभीर धक्का, बुधबार ०.४ प्रतिशतमात्र संकलन

Mar 25, 2020 02:37 PM Merolagani



कोरोना भाइरस काेभिड १९ काे असर बिश्वव्यापी परिरहेकाे बेलामा नेपालमा पनि सरकारी आम्दानीमा  चैत्र महिनादेखि असर पर्न थालेकाे छ ।

मुलुक लक डाउनमा गएसँगै राजस्वमा गम्भीर धक्का लागेको छ। बुधबार जम्मा ०.४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखाले जनाएकाे छ। जबकी एक दिन मा दुई अर्बको हराहारीमा राजस्व संकला हुने गरेको थियो ।

बुधबार जम्मा ४ करोड १८ लाख मात्रै राजस्व संकलन भएको हो । चैत लागे देखिनै राजस्व संकलनको ग्राफ तल ओर्लिन थालेको छ।

गत चैत दुई गतेसम्म लक्ष्यकाे ४९.५८ प्रतिशत राजस्व संकलन भएकाेमा गएको १० दिनमा यसको वृद्धि दर जम्मा १.१९ प्रतिशत मात्रै छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।