कोरोना एक बिरामीद्धारा ५९ हजार जनामा फैलिन्छ

Mar 25, 2020 04:12 PM Merolagani



एकजना कोरोना भाइरस पीडित व्यक्तिले ५९ हजार मानिसहरुलाई संक्रमित पार्न सक्ने बताइएको छ । यूनिभर्सिटी कलेज लन्डनका एन्टेन्सिभ केयर मेडिसिनका प्रोफेरसरका अनुसार, कोरोना भाइरस अधिक संक्रमण फैलाउने भाइरस हो । 

कुनै एक संक्रमित व्यक्तिबाट हजारौँ मानिसहरुमा यो भाइरस सर्न सक्ने डाक्टरको भनाईलाई उद्धृत गर्दै डेली मेलको रिपोर्टमा बताइएको छ । उनले मानिसहरुलाई सामाजिक दूरी राख्नका लागि आग्रह समेत गरेका छन् ।

रिपोर्टका अनुसार, यदि कुनै व्यक्तिलाई सामान्य फ्लू लागेको छ भने उसले औसतमा एकदेखि ३ जना व्यक्तिलाई संक्रमित गर्न सक्छ । फ्लूका क्रममा अर्काे संक्रमित व्यक्तिले पनि अन्य मानिसहरुलाई संक्रमित बनाउँछ र अगाडि पनि कयौँ पटक संक्रमण चक्र चलिरहन्छ ।

उनले भने, कारोना भाइरसको संक्रमण १० तहमा अगाडि बढ्यो भने यसबाट ५९ हजार मानिसहरु संक्रमित हुने खतरा रहन्छ ।

पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र मात्रामा बढिरहेको छ । नेपाल मात्र पनि ३ जना मानिसहरुमा कोरोनाको संक्रमण देखा परिसकेको छ । एजेन्सीको सहयोगमा 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।