कोरोना एक बिरामीद्धारा ५९ हजार जनामा फैलिन्छ

Mar 25, 2020 04:12 PM Merolagani



एकजना कोरोना भाइरस पीडित व्यक्तिले ५९ हजार मानिसहरुलाई संक्रमित पार्न सक्ने बताइएको छ । यूनिभर्सिटी कलेज लन्डनका एन्टेन्सिभ केयर मेडिसिनका प्रोफेरसरका अनुसार, कोरोना भाइरस अधिक संक्रमण फैलाउने भाइरस हो । 

कुनै एक संक्रमित व्यक्तिबाट हजारौँ मानिसहरुमा यो भाइरस सर्न सक्ने डाक्टरको भनाईलाई उद्धृत गर्दै डेली मेलको रिपोर्टमा बताइएको छ । उनले मानिसहरुलाई सामाजिक दूरी राख्नका लागि आग्रह समेत गरेका छन् ।

रिपोर्टका अनुसार, यदि कुनै व्यक्तिलाई सामान्य फ्लू लागेको छ भने उसले औसतमा एकदेखि ३ जना व्यक्तिलाई संक्रमित गर्न सक्छ । फ्लूका क्रममा अर्काे संक्रमित व्यक्तिले पनि अन्य मानिसहरुलाई संक्रमित बनाउँछ र अगाडि पनि कयौँ पटक संक्रमण चक्र चलिरहन्छ ।

उनले भने, कारोना भाइरसको संक्रमण १० तहमा अगाडि बढ्यो भने यसबाट ५९ हजार मानिसहरु संक्रमित हुने खतरा रहन्छ ।

पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र मात्रामा बढिरहेको छ । नेपाल मात्र पनि ३ जना मानिसहरुमा कोरोनाको संक्रमण देखा परिसकेको छ । एजेन्सीको सहयोगमा 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।