शेयर बजार खोल्न सरकारको निर्देशन, बोर्ड अध्यक्ष भन्छन् 'सरोकारवालासँग छलफल गरेर टुंगो लगाउछौं'

Mar 25, 2020 09:34 PM merolagani



सरकारले धितोपत्र बजारलाई निरन्तरता दिन निर्देशन दिएको छ। चैत दश गतेदेखि बन्द रहेको शेयरबजार खुलाउन निर्देशन दिइएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले शेयर कारोबार खुलाउने निर्णय गरेको थियो ।

बैठकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाइ बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने निष्कर्ष निकालेको थियो। साथै कुन–कुन सेवा कुन क्षेत्रबाट दिने हो सोको सञ्चारमाध्यमबाट सेवाग्राहीलाई जानकारी गराउन सम्बन्धित पक्षलाइ निर्देशन दिएको छ।

समितिले यससँगै अन्य विभिन्न ९ वटा निर्णयहरु गरेको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाले आज उक्त विषयमा छलफल भएपनि त्यसबारे टुंगो लागिनसकेको बताएका छन्। 'आज छलफल भएको मात्रै हो। त्यसको बरेमा सरोकारवाला नेप्से , सिडिएससिसँग कुरा गरेर टुंगो लाग्छ।' उनले भने।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।