हिमालयन बैंकले कारोना रोकथाम कोषमा १ करोड २५ लाख सहयोग गर्ने

Mar 27, 2020 01:32 PM merolagani

हिमालयन बैंकले कारोना रोकथाम कोषमा १ करोड २५ लाख सहयोग गर्ने भएको छ।

विश्वभरि फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि तीन जना व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको छ।

सोहि तथ्यलाई मध्यनजर गर्दै उक्त महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गर्न देश र जनता प्रतिको आफ्नो दायित्वलाई मनन गर्दै हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।