फागुन सम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६० अर्ब माथि, नेपाल लाइफको करीव ३० प्रतिशत योगदान

Mar 27, 2020 03:46 PM Merolagani

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन सम्ममा ६० अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । १९ जीवन बीमा कम्पनीहरुबाट प्रथम बीमा शुल्क २० अर्ब ५६ करोड र नविकरण बीमाशुल्क ३९ अर्ब ३६ करोड गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा नेपाल लाइफले १८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको २९.९७ प्रतिशत हो ।

यस्तै एलआईसी नेपालले ९ अर्ब ६८ करोड, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ३९ करोड, नेशनल लाइफले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

नयाँ संचालनमा आएका युनियन लाइफल इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो पुराना जीवन बीमा कम्पनीहरु एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, मेट लाइफ र गुराँस लाइफको भन्दा बढी हो ।

एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्ज गरेको छ भने प्राइम लाइफ र सूर्या लाइफले समान २ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै मेट लाइफले १ अर्ब ९४ करोड र गुराँस लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै बाँकी नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, रिलायवल लाइफ र ज्योति लाइफले एक अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेको छ । आइएमई लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफको कुल बीमा शुल्क भने एक अर्ब मुनि रहेको छ ।

सबै भन्दा कम बीमाशुल्क आर्जन गर्ने कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मी लाइफले यस अवधिमा ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।