म्यादी बीमामा अनलाईन सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

Mar 30, 2020 09:36 AM Merolagani

बीमा समितिले वैदेशिक रोजगारीमा जानेका लागि अनलाईन प्रणालीबाट समेत सेवा सुविधा प्रदान गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै उनीहरुको हित तथा सुरक्षा समेतलाई दृष्टिगत नीतिगत कार्यन्वयन गर्न निर्देशन दिएको हो।

 

समितिले जारी गरेको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमाशुल्क वैदेशिक रोजगारीमा जान चाहाने व्यक्तिबाट नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

यस्तै, वैदेशिक रोजगारमा जाने सेवाग्राहीको चाप र भौगोलिक समावेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त गर्ने व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमालेख जारी गर्दा विद्यमान कानुनी व्यवस्था समेतलाई मध्यनजर गरी प्रिन्ट कपी सहित आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख जारी हुने व्यवस्था गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको सुरक्षा समेतलाई ध्यानमा राखि श्रम स्वीकृति प्राप्त गरी विदेश जानु अघि तीन महिना र बीमा अवधि समाप्त नहुदै अर्को भिसाको लागि प्रोसेसिङ गर्न लाग्ने तीन महिना समेत गरी ६ महिना मात्र लागू हुने गरी बीमालेखको व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

साथै विद्यमानमा कायम रहेको एक एक वर्षको सट्टा ६ महिना मात्र समयावधी रहने भएकोले बीमाशुल्क निर्धारण गर्दा ६ महिनाको समानुपातिक रुपमा संकलन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

विदेशस्थित नेपाल कुटनैतिक नियोगबाट पुनः श्रम स्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिर्नुपर्ने बीमाशुल्क अनलाइन सेवा प्रदायकमार्फत तिर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सेवा संचालनको लागि बीमा कम्पनीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र समिति समक्ष आवश्यक समन्वयन गर्न निर्देशन दिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।