कोरोना सम्बन्धि भाइरल भिडियो, के हो सत्य?

Mar 30, 2020 01:21 PM Other Sources

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको समयमा सामाजिक सञ्जाल ‘ट्विटर’मा एक कोरियन सिरियलको भिडियो भाइरल भइरहेको छ।

सन् २०१८ मा प्रसारित सो कोरियन सिरियलको नाम ‘माइ सिक्रेट टेरियस’ रहेको छ। यस सिरियलको १० औँ एपिसोडको ५३ औँ मिनेटदेखि कोरोना भाइरसको विषयमा चर्चा गरिएको छ।

सिरियलमा एक महिलाले श्रीमानलाई गुमाउछिन् र पछि थाहा पाउछिन् कि श्रीमानको मृत्यु ठूलो षडयन्त्रको एक हिस्सा हो। श्रीमानको मृत्यु कोरोना भाइरसका कारण भएको डाक्टरले बताउछिन्।
सिरियलमा कोरोना भाइरसलाई आतंकवादीहरुले हतियारको रुपमा प्रयोग गर्न परिवर्तित गरेको भाइरसको रुपमा व्याख्या गरिएको छ जसले डाक्टरहरुलाई उपचार खोज्न व्याकुल बनाउछ।

कोरोना भाइरसका विभिन्न प्रकारहरु छन् जसमध्ये एकले सन् २०१५ को एमईआरएस प्रकोप तिर दोहो¥यायो भने पछिल्लो समयमा कोभिड–१९ को कारण बनिरहेको छ।

सिरियलमा भनिएको छ कि सो कोरोना भाइरसको उष्मायन अवधि २ देखि १४ दिनेसम्मको हुन्छ र यसले संक्रमित व्यक्तिको फोक्सोमा ५ मिनेटभित्र आक्रमण गर्छ। सो भाइरसको कुनै औषधि नभएको सो सिरियलमा बताइएको छ। त्यसैगरी, सो सिरियलका अन्य एपिसोडहरुमा विद्यार्थीहरुलाई भाइरसबाट बच्न कसरी हात धुने भन्ने कुरा सिकाइन्छ।

यसै प्रसंगलाई लिएर अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ।

  • के हो सत्य?

वैज्ञानिकहरु २० औँ शताब्दीको मध्यदेखि नै विभिन्न प्रकारका कोरोना भाइरसका बारे परिचित थिए। त्यसैले, सोपछिका समयमा कोरोना भाइरसका बारेमा टिभी सो अथवा चलचित्रहरुमो यस्तो देखाइनु कुनै नौलो कुरा होइन।

सिरियलमा कोरोना भाइरसको बारेमा भनिएका कुरा र वास्तविक कुरामा फरक छ। सिरियलमा भाइरसले ५ मिनेटभित्र फोक्सोमा आक्रमण गर्छ भनिएको छ तर अहिले देखिएको कोभिड १९ ले यति चाँडै आक्रमण गर्दैन।

कोभिड १९ बायोइन्जिनियरिङ हतियार हो भन्ने सिद्धान्तलाई वैज्ञानिकहरुले हटाइसकेका छन्। किनकी यो चमेरो र पानगोलियनबाट मानिसमा सरेको उनीहरुको मान्यता छ।

कोभिड १९ मानवसिर्जित नभई प्राकृतिक माध्यमबाट उत्पन्न भएको वैज्ञानिकहरुको अध्ययनले देखाएको छ।

गत महिना सामाजिक सञ्जालमा नै देखिएको ‘आइज अफ डार्कनेस’ मा पनि यस्तो हुनसक्ने भविष्यवाणी गरिएको भन्ने चर्चामा आएको थियो। सने १९८१ मा प्रकाशित सो उपन्यासमा वर्णन गरिएको ‘वुहान ४००’ नै कोभिड १९ को भविष्यवाणी भन्ने चर्चा सामाजिक सञ्जालमा चलेको थियो। सो उपन्यासमा व्याख्या गरिएको ‘वुहान ४००’ मानिसबाहेक अरु कसैले सार्न सक्दैन भने मानव शरीर बाहेक अन्य स्थानहरुमा १ मिनेटभन्दा बढी बाँच्न सक्दैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।