संसारका कम विकसित मुलुकलाई कोरोनाको चपेटाबाट जोगाउने उपायहरु

Mar 31, 2020 07:03 PM Merolagani

विश्वका कम विकसित देशहरुमा ९० करोड मानिसहरु कोरोना भाइरसको खतरामा रहेका छन्। ती देशहरुसँग अधिक विकसित देशहरुको तुलनामा आर्थिक स्रोत साधन र चिकित्सा उपकरण र सुविधाहरु पनि कम छ। 

तर उनीहरुको प्रतिक्रिया र उनीहरुको समर्थनको लाभ कम विकसित देशहरुले उठाउन सक्छन्। यस्तोमा विश्व समुदायले कम विकसित देशहरुलाई व्यक्तिगत सुरक्षा उपकरण र फ्रन्टलाइन श्रमिकहरुका लागि प्रविधिको विस्तार गर्न सहायता प्रदान गर्न जरुरी छ, ताकि आवश्यक औषधीको बिना अवरोध निरन्तर आपूर्ति सुनिश्चित होस् र औषधी तथा खोपहरुको समान पहुँच पुग्न सकोस्।

अमेरिका र इटालीजस्ता विकसित देशहरुमा कोभिड–१९ को महामारीबाट भइरहेको मृत्युको तथ्यांकले विश्वका कम विकसित तथा शक्तिहीन देशहरुका लागि एउटा भयानक विपत्तिको अवस्थालाई दर्शाउँछ।

एशियाका केही विकसित र उन्नत अर्थव्यवस्था भएका देशहरुले जनस्वास्थ्यमा देखाएको प्रतिक्रियाले अरु देश जहाँ सम्भावित ठूलो समस्या पर्न सक्छ उनीहरुलाई यसले शिक्षा दिन सक्छ। ती मध्ये दक्षिण कोरियाको जस्तो तीव्र, समन्वयात्मक र प्रजातान्त्रिक प्रतिक्रिया अरु देशहरुका लागि ठूलो पाठ हुनसक्छ। तर सबै देशहरु आर्थिक र पूर्वाधार विकासमा दक्षिण कोरिया जति विकसित छैनन्। संयुक्त राष्ट्रको कम विकसित देशहरुको पंक्तिमा आएका ती करिब ५० देशहरुले के गर्लान्? जहाँ करिब ९० करोडको हाराहारीमा जनसंख्या बसोबास गर्दछन्। जुन समय विश्वका सरकारहरु अत्यन्तै खराब परिस्थितिका लागि तयार हुदैँछन्, त्यस्तो अवस्थामा कम विकसित मुलुकहरु जहाँ दक्षिण कोरियाको जस्तो आर्थिक स्रोत साधन र स्वास्थ्य पूर्वाधार छैन्, ती देशका लागि कस्ता पाठ उपयुक्त होला त?

जस्तो कि नेपालको अवस्थालाई नै हेर्न सकिन्छ, जसका बारेमा हामी गहिराईबाट परिचित छौँ ।यहाँको सरकारले आफ्ना सीमाबाट भाइरस प्रवेशलाई रोक्नका लागि आवश्यक र उल्लेखनीय उपायहरु अपनाइरहेकै छ।

यहाँको सरकारले विद्यालय, विभिन्न प्रकारका कार्यक्रम तथा आयोजनाहरु रद्द गरेको छ। यसैगरी, माउन्ट एभरेष्ट प्रवेश र अन्तरराष्ट्रिय यात्राहरुमा पनि ठूलो मात्रामा प्रतिबन्धित गराएको छ। भारी आर्थिक लागतलाई मध्यनजर गर्दा यसलाई नेपाल सरकारको साहसिक कामको रुपमा लिइन्छ। लोकतान्त्रिक रुपमा बिना बलपूर्वक हासिल गरिएको नतिजाका लागि सरकारलाई उल्लेखनीय मानिएको छ।

नेपाल, जसको जनसंख्या २८ मिलियनको हाराहारीमा छ, जहाँ देशभरीमा सायद ५०० इन्टेन्सिभ केयर यूनिट (आईसीयू) बेडहरु पनि छैन होला। देशका कयौँ ग्रामीण अस्पतालहरुमा बिरामीहरुलाई भर्ना गरेर राख्ने न्यूनतम क्षमताको समेत कमी रहेको छ। डाइग्नोस्टिक परीक्षण केबल राजधानी काठमाडौँको एउटा अस्पतालमा मात्र उपलब्ध रहेको छ।

जब उन्नत अर्थव्यवस्थामा सरकारले ठूलो मात्रामा आर्थिक सहायता र स्वास्थ्य सेवामा हस्तक्षेपको घोषणा गर्छ भने यस्तोमा हामीले पनि यसको प्रभावकारीताका लागि आफ्नो तर्फबाट आधारभूत जिम्मेवारीलाई पनि उपेक्षा गर्नु हुदैन।

यसलाई मध्यनजर गर्दै यहाँ ६ वटा महत्वपूर्ण उपायहरु रहेका छन्, जुन विश्व समुदायमा कम विकसित देशहरुको समर्थन गर्नका लागि लागू गर्न सकिन्छ।

१) सुरुवातमा, समन्वयात्मक सामाजिक दुरी जोखिम न्यूनीकरणका लागि नितान्त आवश्यक

महामारीका रुपमा रहेको कोभिड–१९ को जोखिम नियन्त्रण र फैलावट रोक्नका लागि विश्वव्यापी रुपमा सामाजिक दुरीका उपाय अपनाइरहेको छ। विद्यालय, विभिन्न कार्यक्रम तथा राष्ट्रव्यापी आयोजना तथा व्यापारहरु बन्द रहेका छन्, वर्किङ फ्रम होम भइरहेको छ, यात्रा र सामाजिक समारोहका कार्यहरुमा प्रतिबन्ध लगाउने जस्ता कुराहरुमा विश्व नै केन्द्रीत रहेको छ। यी उपायहरु अपनाउन जरुरी पनि छ र विश्व समुदायले बसाईसराई र व्यापारका क्रममा सीमापारका नीतिहरुसम्बन्धि तथ्यांक, प्रोटोकल र क्षेत्रीय समाञ्जस्यता सुनिश्चित गरी सामाजिक दुरी कायम गर्ने प्रयासलाई समर्थन गर्न सक्दछन्।

२) व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र परीक्षण क्षमताको विस्तारका लागि अहिल्यै योजना बनाउने
अन्तराष्ट्रिय व्यापार र आपूर्तिको श्रृंखला समाप्त भएको छ, यस्तोमा कोभिड–१९ को परीक्षण र व्यक्तिगत सुरक्षाका लागि हाल कम विकसित देशद्धारा भण्डारण क्षमता बढाउन आवश्यक छ। यो अन्य देशहरुसँगको व्यापक वित्तीय र प्राविधिक सहायताबाट मात्र यस्तो गर्न सम्भव छ। तर यी दाता देशहरु नै दुःखद रुपमा कोरोनाको महामारीको चपेटामा आएका छन्। तर पनि हामीले बस्तुको उत्पादनको वितरण र आपूर्तिमा तीव्रता ल्याउन र हामीसँग अरु देशरुभन्दा सीमित स्रोत साधन छ भन्ने धारणालाई बेवास्ता गर्नुपर्ने हुन्छ।

३) हरेक क्षेत्रबाट अस्पतालको क्षमतामा लगानी गर्ने
यो सत्यताका अगाडि छ कि, कोभिड–१९ विभिन्न भू–बनावट भएर फैलिरहेको छ, सरकारीकरण गरिएका उपचार केन्द्रहरु यस्ता नाजुक अवस्थाहरुका लागि कम प्रभावकारी साबित हुनेछन्। कोभिड–१९ जस्ता श्वासप्रश्वासका महामारीसँग लड्न विश्व समुदायले सबै प्रकारका स्रोत र साधनहरु परिचालन गर्नुपर्छ।

४) फ्रन्टलाइन हेल्थकेयर श्रमिकलाई प्रविधि, व्यक्तिगत सुरक्षा उपकरण र प्रोटोकलसँग कनेक्ट गर्ने, जुन उनीहरुलाई जरुरी हुन्छ
स्वास्थ्य कार्यकर्ताहरुद्वारा सरल मोबाइल प्रविधिको उपयोग गरेर अधिक केही गर्न सकिन्छ, ताकि प्राथमिक बिरामीहरुका लागि सहायता प्रदान गर्न सकियोस् र उनीहरुको सुरक्षाका लागि होम आइसोलेशनको व्यवस्था होस्। अस्पतालको स्रोत साधनलाई गम्भीर बिरामीमाथि केन्द्रित गर्नका लागि र लामो लाइनका साथ अस्पतालको ट्रान्समिशनबाट बच्नका लागि आवश्यक छ। नेपाल जस्ता कयौँ कम विकसित देशहरुले समुदायमा आधारित स्वास्थ्य सेवा वितरण र प्रचारका गतिविधिहरु सञ्चालन गरे ताकि, ती पूर्वाधारहरुलाई परिचालन गर्न सकियोस्। त्यस्ता देशहरुलाई समयमा नै प्रभावकारी हुनका लागि सही तालिम र प्राविधिक साधनहरुको आवश्यकता छ।

५) आवश्यक औषधीहरुको बिना अवरोध आपूर्ति सुनिश्चित गर्ने
जस्तोकी इबोलाको समयमा देखियो, कम विकसित देशहरुमा कोभिड–१९ महामारीका कारण आवश्यक प्राथमिक हेरचाहका सेवाहरुमा अवरोध सिर्जना हुन सक्छ। विश्वभरमा स्वास्थ्य मन्त्रालयका साथ आपूर्ति शृंखलामा लगातार सहकार्यका माध्यमबाट यसलाई रोक्नका लागि अधिक कामहरु गर्न सकिन्छ।

६) औषधी र खोपको छिटो र न्यायसंगत पहुँच सुनिश्चित गर्नु
जबकि कोभिड–१९ महामारीसँग लड्नका लागि पहिलो चरणमा बायोमेडिकल उपकरणहरु उपलब्ध हुने सम्भावना छैन, यस्तोमा अब खोप र एंटीभाइरससम्म समान पहुँच सुनिश्चित गर्नका लागि तयारी गर्नुपर्ने हुन्छ। इन्फ्लुन्जाका लागि कम विकसित देशहरुमा खोप र एंटीभाइरस लगभग पूर्ण रुपमा अनुपस्थित नै छ, जुन मौसमी इन्फ्लुन्जाका कारण विश्वमा ५ लाखसम्मको वार्षिक रुपमा मृत्यु हुने गरेको पाइन्छ।

( सबिना बजगाईको अनुवाद)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।