सूचिकृत कम्पनीले बुझाउनु पर्ने बिवरणमा सरकारले दियो छुट,तर केन्द्रीय बैंकले मानेन

Apr 01, 2020 08:16 AM merolagani

सूचिकृत कम्पनीले बुझाउनु पर्ने बिवरणमा सरकारले छुट दिए पनि नेपाल राष्ट्र बैंकले उक्त छुट नदिने भएको छ ।यस्तो बिषम परिस्थितिमा तथ्याङ्कको अझ बढी आबश्यकता हुने भएको भन्दै केन्द्रिय बैंकले छुट नदिने भएको हो ।

गत आइतबार राहत प्याकेज मार्फत सूचिकृत कम्पनीले बुझाउनु पर्ने बिवरणमा नेपाल सरकारका अर्थ मन्त्री तथा प्रवक्ता युबराज खतिवाडाले छुट दिएका थिए ।‘धिताेपत्र एन बमोजिम सूचिकृत कम्पनीले बुझमउनु पर्ने बिबरणहरु बुझाउने म्याद २०७७ बैशाख मसान्तसम्म कायम गर्ने ’राहत प्यकेजमा उल्लेख छ ।

तर यस्तो छुट दिन नसकिने केन्द्रिय बैकको जिकिर छ । किनकि दैनिक तथ्याँङ्क हेरेर बित्तीय अबस्थाको सन्तुलन मिलाउनु पर्ने भएकोले यस्तो परिस्थितमा बिवरण र तथ्याङ्ककाे अझ बढी आवश्यकता हुने भएकोले यस्तो छुट दिन नसकिने केन्द्रिय बैकको भनाइ छ ।‘प्रत्येक दिनको तथ्याङकको बिश्लेशण गरेर हामी बजारमा कति तरलता छ भन्ने थाहा पाउछौ । यस्तो परिस्थितिमा अझै बढी यसको आवश्यकता हुन्छ । पछिल्लो महिनाको मासिक बिबरण समयमा नआएकोले बढी समस्या भएको थियो । त्यसमा पनि अन्तराष्ट्रिय मुद्रा कोषले त्यस्ता बिबरण दैनिक जसो माग्छ ।यो समयमा त झन् बढी उसले बिबरण मागेको छ।त्यहि भएर बिबरणको बिषयमा कम्परमाइज गर्न सकिदैन ’ केन्द्रिय बैंक अनुसन्धान बिभाग प्रमुख तथा प्रबक्ता डा.गुणाकर भट्टले भने ।केन्द्रिय बैकमा दर्ता रहेका बैक तथा बित्तीय संस्थाले दैनिक,मासिक,त्रैमासिक र बार्षिक गरि फरक फरक प्रकृतिका बिबरणहरु बुझाउनु पर्छ ।

यता नेपाल धितोपत्र बोर्डले भने सरकारले भने बमोजिम नै दिए हुने बताएको छ । ‘हामीलाइ दिने बिबरण सरकारले भने बमोजिम नै बैशाख मसान्तमा दिए हुन्छ’।नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले भने। सूचिकृत कम्पनीहरुले बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई त्रैमासिक बिबरण एक महिना भित्र बुझाउनु पर्ने प्रबधान छ । तोकिएको समयमा उक्त बिबरण नबुझाए कारबाही गर्न सकिने प्राबधान छन् ।

तर अब उक्त बिवरण बोर्ड र नेप्सेमा भने बैशाख मसान्त सम्म बुझाए हुने गिरिले बताए । यस अघि चैत्र मसान्त भित्र बुझाउनु पर्ने नियमित प्रकृया हुने गरेको थियो ।

सरकारले बिवरणनै बुझाउनु नपर्ने भनेपछि सूचिकृत कम्पनीका शेयरधनीले त्रैमासिक बिबरण एक महिना पछि प्रकाशित गरे हुने व्याख्या गरेका थिए । तर धितोपत्र बजारमा सूचिकृत करिब सबै बैक तथा बित्तीय संस्थाले तोकिएकै मितिमा बिबरण प्रकाशित गर्नु पर्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।