चीनमा फेरि जनावरको मासु बेच्न शुरु, कोरोना संक्रमणको दोष इटलीलाई

Apr 02, 2020 05:16 PM Merolagani



कोरोना भाइरस चीनको वुहानबाट सुरु भयो । त्यसपछि भाइरस विश्वभर फैलियो । उक्त भाइरसको संक्रमणका कारण ४३ हजार भन्दा धेरै मानिसले ज्यान गुमाए । तर सम्भवतः चीनको औषधीका कारण उक्त अवस्था र महामारी चीनले नियन्त्रण गर्न सक्यो ।

सायद त्यहि कारण चीनमा फेरि जनावरको बजार खुल्ला गरिएको छ ।कुकुर,बिरालो,चमेरो र बिच्छी खुल्लमखुल्ला बिक्री भइरहेको छ । त्यहाँ रगत र फोहरले लत्पतिएर ढुंगामा लडेका खरायो र हाँस देख्न सकिन्छ । तिनीहरुको छाला निकालिएको छ । यस्ता बजार देख्दा लाग्छ कि कोरोना भाइरसबाट चीनले केहि पाठ सिकेको छैन । यहाँ हालसम्म पनि सरसफाईकालागि कुनै मापदण्ड तय भएको छैन । चीनको डांगूआन नगरमा आम सर्वसाधारणको उपचारकालागि पनि जनावर बेचिएको छ ।

फोटो प्रतिबन्ध

आइतबारबाट गुइलिन राज्यका बजार खोलियो । भीडभाड पहिले जस्तै थियो । स्थानियहरु कोरोना संक्रमण रोकिसकेको र चिन्ताबिहिन देखिन्थे । यद्यपी उनीहरु कोरोनालाई विदेशीहरुको समस्या मान्छन् । गुइलिन डांगूआनका मासु बजार पहिले जस्तै चलिरहेको छ, केवल एक चीज परिवर्तन भएको छ । यहाँ सुरक्षाकर्मी खटिएका छन् जो फोटो खिच्न प्रतिबन्ध लगाउँछन् ।

कोरोना इटलीबाट आयात भएको मान्छन् चिनियाँ 

कोरोना भाइरसको पहिलो संक्रमण वुहानमा भेटिएको थियो । कैयौँ हप्तासम्म चीनका अधिकारीहरुले उक्त सुचना लुकाएका थिए । ३३ वर्षका डा.लि वेनलियांगले भाइरसको बारेमा विश्वभरमा जानकारी दिँदा उनलाई चिनियाँ सरकारले नियन्त्रणमा लिएको थियो ।

त्यसपश्चात कोरोना संक्रमणका कारण उनको मृत्यु भएको थियो । हाल चिनियाँ सरकार कोरोना संक्रमण चीनबाट नफैलिएको साबित गर्नमा लागेको छ । चीनको सामाजिक संजाल भिवोमार्फत चीनले कोरोना भाइरस पहिलो पटक नोभेम्बरमा इटलीमा देखिएको दाबी गरेको थियो ।

यस अघि चीनका एक सेनाका अधिकारीले अमेरिकाका सैनिक अधिकारीमाथि संक्रमण चीनमा भित्र्याएको आरोप लगाएका थिए । चीनको वुहान शहरमा मात्र हाल लकडाउन पुर्ण रुपमा खोलिएको छैन । जबकी वुहानमा ८ अप्रिलमा सबै प्रतिबन्ध र लकडाउनबाट बाहिर निस्कने दाबी गरिएको थियो ।
(दैनिक भाष्करबाट साभार अनुवाद गरिएको आलेख)

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।