एउटै जहाजबाट नेपाल भित्रिएका तीन जनामा देखियो कोरोना पोजेटीभ

Apr 02, 2020 04:48 PM Merolagani

कोरोना संक्रमित तीन जना एउटै जहाजबाट नेपाल भित्रिएको पुष्टि भएको छ। नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो, पाँचा र छैटौं व्यक्ति एकै विमानमा आएको पाइएको हो।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङमा नयाँ संक्रमित पनि कतारबाट नेपाल आएको जानकारी गराएको छ। छैटौ संक्रमित पनि कतारबाट चैत ४ गते अर्थात मार्च १७ तारिखका दिन क्युआर ६५२ फ्लाइटमा नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यद्यपी उनको बारेमा भने मन्त्रालयले प्रष्ट रुपमा खुलाएको छैन।

यस अघि १९ वर्षीय युवती मार्च १७ तारिखका दिन बेल्जियम हुदै कतारबाट क्युआर ६५२ फ्लाइटमा नेपाल भित्रिएको थियो भने अर्की १९ वर्षीय युवती पनि फ्रान्स हुदै एकै दिन एउटै फ्लाइटमा नेपाल भित्रिएको मन्त्रालयले जनाएको छ।

योसंगै हालसम्म संक्रमित ६ जना मध्ये तीन जना कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं भित्रिएको पाइएको हो।

स्वास्थ्य मन्त्रालयले चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना पुष्टि भएको घोषणा गरेको थियो।

यस्तै फ्रान्सबाट आएकी काठमाडौंकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा अहिले उपचार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।