कोरोना भाइरस संक्रमणबाट नेपाली अर्थतन्त्र कसरी बचाउने ?

Apr 05, 2020 12:12 PM Merolagani



सुधा देवकाेटा

कोरोना भाइरस (कोभिड–१९) को आतंक चीन हुंदै विश्वभर फैलिएको छ । तीब्र रुपमा फैलिंदै गएको यस महामारीले विश्व अर्थतन्त्रलाई नै अपूरणीय क्षतिकाे स्थितिमा पुर्याउँदै छ । यसले ठूलो मानवीय क्षति मात्र नभई विश्व अर्थतन्त्रलाई नै ध्वस्त पार्दै लगेको विश्लेषकहरुले बताएका छन्।

सिंगो विश्को अर्थव्यवस्था नै नाजुक अवस्थामा पुग्ने संकेत देखिएकाे भन्दै विकसित राष्ट्रहरु पनि चिन्तित भएका छन् । बिश्व बैंक, एशियाली बिकास बैंक र अाइमफ जस्ता अन्तर्राष्ट्रिय बित्तिय संस्थाहरूले बिश्वकाे अार्थिक बृद्धिदर ४ देखि पाँच प्रतिशतले संकुचन हुन सक्ने अनुमान गरेका छन् ।

अहिले नेपाल मात्र हाेइन बिश्वका प्राय सबै मुलुक लकडाउनकाे अवस्थामा छन् ।  अर्थतन्त्रका सबै क्षेत्र, उत्पादन, रोजगारी, आपूर्तिमा नकारात्मक प्रभाव परेको देखिन्छ । आर्थिक उत्पादन गराउने क्षेत्रहरु सबै ठप्प रहेको अवस्था छ । कलकारखाना बन्द भएका छन् मजदुर कर्मचारी उद्योगी सबै आ आफ्नो घर भित्र यो संकटको घडी कसरी टार्ने होला भन्दै आफ्नो अमूल्य समय बिताउन बाध्य भएका छन् । याे प्रकाेपका कारण कति समय  बिश्व लकडाउन चरणमा रहने हाे याे कसैले अनुमान लगाउन सकेकाे छैन ।

उत्पादित कृषिजन्य वस्तु खेतबारीमै नास भएर जानुपर्ने अवस्था सिर्जना भएको छ । आयात निर्यात नहुदा सरकारले प्राप्त गर्ने राजस्व र रोजगारीमा प्रभाव पारेको छ । साना उद्यमी, व्यवसायी, स्वरोजगारमा समेत प्रभाव परेको छ ।

यस माहामारीले विश्व अर्थतन्त्रलाई नै धैरै वर्ष पछाडी धकेलेको विश्लेषकहरुको भनाईसँगै त्यसले पार्न सक्ने क्षतिलाई न्यूनीकरण गर्नतर्फ पनि विकसित राष्ट्रहरु लागि राखेका छन् । त्यससँगै नेपालले पनि आर्थिक क्षेत्रमा पार्नसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नकालागि कदमहरु चाल्नु पर्ने समय भएको अर्थविद्हरु बताउँछन् ।

अहिलेको अवस्थामा मानवीय क्षती जोगाउन सरकारले जोड दिनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताए । अब यस्तो अवस्थामा नेपालले अर्थतन्त्रलाई ड्यामेज हुन नदिनको लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने क्षेत्रीको भनाई छ ।

नेपालको आर्थिक अवस्था खस्किन नदिनका लागि सरकारले नेपालको कुनै भूमि खालि राख्न नहुने क्षेत्रीको बुझाई छ । त्यसको लागि सरकारले पुनः घरफर्क अभियान ल्याएर कृषिलाई प्राथामिकता दिनुपर्नेमा क्षेत्रीकाे जोड छ ।

नेपाल हरेक वस्तुमा विदेशीसगँ नै निर्भर भएकाले अर्थतन्त्रमा अझै संकट आउन सक्ने क्षेत्रीले चिन्ता ब्यक्त गरे । यस्तो माहामारीको समयमा पनि विदेशबाट ल्याउने स्वास्थ्य सामानहरुमा भष्ट्रचार भएका खबरले आफूलाई निरुत्साहत गर्ने गरेको उनले बताए ।

ग्रामीण क्षेत्रका लघुवित्तहरुले अहिले फेक कार्यक्रमहरुलाई कर्जा प्रवाह गरेर नाफा कमाउनमा मात्र ध्यानमा लागेको हुंदा नेपाल राष्ट्र बैंकले त्यसको बारेमा राम्रो अध्ययन गरी कृषि तथा लघु उद्यममा लगानी गर्न जोड दिएर नीति लिएर अगाडि बढनु पर्ने क्षेत्रीको भनाई छ । रेमिण्टान्सकाे बिकल्प तत्कालका लागि कृषिमा अाधारित लघु उद्यम नै हुने उनकाे भनाइ छ 

यस माहामरीका कारण धेरै व्यक्तिहरुले रोजगारीसँगै धन सम्पत्ति गुमाउन बाध्य भएका छन् । जसले गर्दा तिनीहरुलाई आफू आन्तरिक श्रोत तथा उत्पादनमा आत्मनिर्भर हुनुका लागि बाध्य बनाउने विश्लेषकहरु बताउछन् ।

जब कुनै पर्याप्त श्रोत र साधन नभए पछि विस्तारै अनुत्पादक र सुविधाजन्य खर्चमा व्यापक रुपले कटौती हुन थाल्ने र स्वदेशी वस्तुको उपयोगमा बढोत्तरी हुन सक्ने देखिन्छ ।

माहामारीले नेपाल मात्र नभई विश्वको अर्थव्यवस्थामा नै प्रभाव पारेको अर्थविद् चन्द्रमणि अधिकारीले बताए । आर्थिक अवरोधका साथै विश्व आर्थिक मन्दीले लगानी घट्ने अधिकारीले बताए । जसको फस्वरुप विश्वमा वैदेशिक रोजगारीमा कडाइ हुने उनको भनाई छ । जसको प्रत्यक्ष प्रभाव विप्रेशणमा देखिने अधिकारीको भनाईछ । रेमिट्यान्सले धानिएको हाम्रो अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्ने उनको भनाई छ ।

कोभिड–१९को प्रभावले अर्थ व्यवस्थामा ठूलो क्षति हुन नदिनका लागि सरकारले साना तथा मझौला उद्योग तथा व्यवसायलाई प्राेत्साहन दिएर आन्तरिक उत्पादनमा ध्यान दिनुपर्ने अधिकारीले बताएका छन् । साथै नेपालमा रहेका प्रकृतिक संम्भावित स्रोत र साधानहरुलाइ आम्दानी गर्न तर्फ उन्मुख हुनुपर्ने र कृषिलाई प्रमुख प्रथामिकता दिनु पर्नेमा अधिकारीको जोड छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।