कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित, २४ घण्टामा १४८० को मृत्यु, ३२ हजारभन्दा धेरै संक्रमित

Apr 04, 2020 02:35 PM Merolagani



कोरोना भाइरसको त्रास पूरै दुनियाँमा रहेको छ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकालाई पनि यसले घुँडा टेक्न बाध्य बनाएको छ । अमेरिकाको स्थिति झन् बिग्रदै गएको छ । 

योसँगै अमेरिकामा २४ घण्टामा करिब १४८० जना मानिसहरुको मृत्यु भएको छ । यो महामारी फैलिएसँगै विश्वको कुनै पनि देशमा २४ घण्टामा मृतकको सबैभन्दा अधिक संख्या हो ।

बिहीबार राति साढे ८ बजेदेखि शुक्रबारको सोही समयसम्मा त्यति संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
जोन होपकिंग यूनिभर्सिटीका अनुसार, अमेरिकामा २ लाख ७७ हजार भन्दा धेरै मानिसहरु संक्रमित भएका छन् । जबकि ७ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

यसैगरी करिब १२ हजार मानिसहरु स्वस्थ भएका छन् । संक्रमितको लगातारको बढ्दो संख्यालई मध्यनजर गर्दे अमेरिकी सरकारले आगामी २ दिनमा स्थिति अझैँ भयानक हुने बताएको छ ।

यति ठूलो संखयामा मानिसहरुको मृत्युका बाबजुद पनि ट्रम्पले हालसम्म अमेरिकामा लकडाउनको घोषणा गरेका छैनन् । यद्यपी सरकारले घरमा बस्नका लागि भने आदेश जारी गरेको छ ।

कोरोना भाइरसबाट विश्वमा हालसम्म ५९ हजार १४१ जना मानिसहरुको मृत्यु भइसकेको छ । यसैगरी संक्रमितको संख्या १० लाख ९८ हजार पुगेको छ भने २ लाख २८ हजार ४०५ जना व्यक्तिहरु स्वस्थ पनि भएका छन् ।

यसैगरी कोरोनाको त्रास व्रिटेनमा पनि बढ्दो क्रममा रहेको छ । व्रिटेनमा २४ घण्टामा ६८४ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ६०५ पुगेको छ । 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।