लक डाउनमा थप कडाइ, प्रदेश, जिल्ला र स्थानिय तहकाे नाका कटेर जान नपाइने

Apr 04, 2020 08:33 PM merolagani



काेरोना संक्रमणका जोखिमलाई मध्यनजर गर्दे सरकारले प्रदेश, जिल्ला र स्थानिय तहकाे नाका कटेर जान नपाइने व्यवस्था गरेकाे छ। 

मन्त्रिपरिषद्को चैत २२ गते शनिबार बसेको बैठकले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा, एक प्रदेशबाट अर्को प्रदेश तथा एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेकाे हाे।  

त्यसैगरी, कैलाली, कञ्चनपुर र बागलुङ्गमा र्‍यापिड टेष्ट गर्ने निर्णय भएकाे सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। ती जिल्लाहरूमा नयाँ केश देखिएकाले थप अरूलाई संक्रमण नहाेस भनेर र्‍यापिड टेष्टकाे प्रकृया अगाडी बढाउने निर्णय गरेकाे हाे।

बैठकले कोरोनाको रोकथाम लागि भएका कमहरुको समिक्षा गर्दे हालसम्म सानो संख्यामा मात्रै संक्रमण फैलिएकोमा सन्तुष्टि व्यक्त गरेकाे छ। 

त्यस्तै, स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य उपकरणको सुरक्षा यथासक्य उपलब्ध गराउने र पुर्ण रूपमा सुरक्षित बनाएर स्वास्थ्य परीक्षणमा लगाउने निणर्य भएकाे खतिवडाले बताए। त्याे अवस्थामा स्वास्थ्यकर्मीकाे सुरक्षामा आँच पुयार्उनेलाई कारवाही गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेकाे छ।

 




पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।