‘उत्पादनमुलक उद्योगमा जस्तो बीमा क्षेत्रमा खासै असर गर्दैन’

Apr 06, 2020 08:46 AM Merolagani



चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुपमा फैलिदै छ । त्यसले विश्वका अर्थतन्त्रमा समेत व्यापक असर पर्ने अनुमान अर्थविद्हरुले गर्दै आएका छन् ।

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको आवस्थामा बीमा क्षेत्रमा के कस्तो असर पर्ला भन्ने विषय जनचासोको विषय बनेको छ । नेपालको कुल ग्राहस्था उत्पादन करिव ३ प्रतिशत योगदान रहेको बीमा क्षेत्रमा उत्पादनमुलक क्षेत्रमा जस्तो प्रभाव नपर्ने बीमा विज्ञ रविन्द्र घिमिरेको बुझाई छ । 

बीमा विज्ञ घिमिरेका अनुसार कोरोनाले उत्पादनमुलक उद्योग क्षेत्रमा जस्तो बीमा क्षेत्रले मुलकको अर्थतन्त्रमा खासै असर पदैन । उनले भने, ‘कोरोना रोकथामको लागि सरकारले लकडाउन गरेको धेरै दिन भएको छैन् । त्यसैले उत्पादनमुलक क्षेत्रमा जस्तो बीमा क्षेत्रमा खासै असर नपर्ला तर केहि न केही त असर गर्छ नै ।’

उनले बीमा कम्पनीहरुले लागानी गर्ने मुख्य क्षेत्र बैक रहेको बताउदै बैंकलाई पनि पैसाको आवश्यकता परिरहने बताए । 'त्यहि भएर बीमा कम्पनीहरुले पाउने व्याजमा पनि घट्न सक्ने आवस्था छैन् ।' उनले भने । बीमा क्षेत्रको मुख्य आम्दानीको स्रोत बीमाशुल्क पनि तत्काल संकलन गर्न नसकिएपनि अर्को महिना सबै उठाउन सकिने उनको भनाई छ । 

जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा धेरै असर पन सक्ने भन्दै उनले भने, 'तत्कालको लकडाउनले निर्जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी कम बिक्री हुने र आम्दानी समेत घट्न सक्ने देखिन्छ ।' यसैगरी लकडाउनको अवधीमा सावारीसाधन नचल्ने भएपछि दाबी समेत कम पर्न सक्ने उनको अनुमान छ ।

नेपालमा अहिले कोरोना संक्रमणको रोकथामको तयारी हेर्दा डेथ क्लेम र मेडिकल क्लेम पनि थोरै मात्रामा पर्ने उनको अनुमान छ ।

यस्तै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले समग्र मुलुकको अर्थतन्त्रसंगै कोरोना नियन्त्रण बाहिर गएर महामारी फैलिए बीमा ठुलो असर गर्ने बताए ।

यदि लकडाउन बैशाख सम्म अर्थात लम्बिदै गयो वा महामारीको रुपमा फैलिए बीमा क्षेत्रमा ठुलो असर पर्छ । उनले भने । लकडाउन ३ चार महिना भन्दा बढी लम्बियो भने ५० प्रतिशत सम्म बीमा व्यवसायमा असर पर्ने उनको अनुमान छ ।

लकडाउन कति सम्म लम्बिने भन्ने कुराले पनि बीमा क्षेत्रमा कस्तो असर गर्छ भन्ने निर्भर हुने बताउदै उनले चैत सम्ममा लकडाउन खुले नेपालको बीमा क्षेत्रमामा खासै प्रभाव नपर्ने मेरो लगानीलाई जानकारी दिए ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।