व्याजदर घटाउन बैकर्स संघमा आन्तरिक सहमति

Apr 06, 2020 01:05 PM merolagani



काेराेना भाइरसका कारण उत्पन्न पछिल्लाे अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशाेसियसनले व्याजदर घटाउने सहमति गरेकाे छ । संघका अध्यक्ष भुवन दाहालले दिएकाे जानकारी अनुसार बैंकहरूबीच पटक पटक छलफल भएपछि व्याजदर घटाउने आन्तरिक  सहमति भएकाे हाे ।

यद्यपि यसकाे औपचारिक निर्णय भने भइसकेकाे छैन ।

सहमित अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर  ५.५ प्रतिशत, व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने बुझिएकाे छ । सहमति भएकाे व्याजदर सम्वन्धित बैंकले आफ्नाे बेभसाइटका साथै सार्बजनिक संचारमाध्यमबाट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

व्याजदर घटेसँगै बैंकहरूकाे आधारदर कम हुने हुनाले ऋणीहरूलाइ केही राहत पुग्ने भएकाे छ ।

 

 

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।