स्वास्थ्य स्थिति बिग्रीएसँगै बेलायती प्रधानमन्त्री आईसीयूमा

Apr 07, 2020 09:14 AM Agency



कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रीएसँगै उनलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा सारिएको छ।

उनलाई मेडिकल टीमको सल्लाहमा आईसीयूमा सारिएको र त्यहाँ उत्कृष्ट हेरचाह प्राप्त गरिरहेको उनका प्रवक्ताले बताए।

उनले विदेशी सचिव डोमिनिक राबलाई ‘आवश्यक परेमा’ आफ्नो कार्यभार सम्हाल्न निर्देशन दिएको उनका प्रवक्ताले जानकारी दिए।

५५ वर्षिय जोनसनमा लगातार कोरोनाका लक्षणहरु देखिएका कारण गत आइतबार साँझ लन्डनको अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई सोमबार दिउँसो आईसीयूमा लानुअघि अक्सिजन दिइएको बताइएको छ। यद्यपी, उनलाई भेन्टिलेटरमा भने राखिएको छैन।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।