कोरोनाको संकट कम हुने आशासँगै बढ्यो एशियाली शेयर

Apr 07, 2020 12:58 PM Merolagani



मंगलबार एशियाली शेयर बजारमा सुधार देखिएको छ । न्यूयोर्क पहिलेको अवस्थामा फर्किन लागेको र यूरोपमा पनि भाइरसको संकट कम हुने अपेक्षासँगै एशियाली शेयर बजारमा सुधार देखिएको हो । 

अमेरिकाले आफ्नो सबैभन्दा कठिन हप्ताको सामना गरिरहेको छ भने हालसम्म त्यहाँ १० हजारभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । यसैगरी कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रिएसँगै उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसियू) मा सारिएको छ ।

मंगलबार जापानको निक्केई सूचकमा २ प्रतिशतको बढोत्तरी देखिएको छ । प्रधानमन्त्री शिन्जो आबेले ९ खर्ब ९१ ऋर्ब डलर अर्थात् कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत बराबरको आर्थिक प्रोत्साहन प्याकेजको घोषणा गरेसँगै गत हप्ता घाटामा रहेको जापानको शेयर बजारमा सुधार देखिएको हो ।

यसदिन एशिया–प्रशान्त शेयरले सुरुवाती चरणमा उच्च लाभ हासिल गरेपनि केही समयपछि करिब १ प्रतिशतको मात्र बढोत्तरी हासिल गर्याे । यसैगरी अमेरिकी शेयरले वाल स्ट्रीटमा ७ प्रतिशतको बढोत्तरीपछि ०.२ प्रतिशतको गिरावटको सामना गर्नपर्याे ।

सियोल, शांघाई र हङकङको बजार सुरुवाती कारोबारमा उच्च रुपले बढेर नाफा आर्जन गर्याे । यद्यपी अस्ट्रेलियाको एएसएक्स२०० सूचक कारोबारका क्रममा घट्न पुग्यो ।

कोरोना भाइरसको महामारीबाट विश्वभर करिब १३ लाख मानिसहरु संक्रमित भएका छन् भने ७० हजारभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । यसैगरी भाइरसको प्रकोप विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको छ । 

यसैगरी भारतीय शेयर बजार परिसूचक सेन्सेक्स एक हजार २२४ अंक र निफ्टी ३६२ अंकले बढेर खुल्यो ।

सोमबार अमेरिकी शेयर बजारका सबथै विश्वभरका कयौँ बजार बढोत्तरीका साथ बन्द भएको थियो । यसदिन डउ जोन्स ७.७३ प्रतिशतले बढेर बन्द भएको थियो । यसैगर िनास्डाक सूचक ७.३३ प्रतिशत, एसएण्डपी सूचक ७.०३ प्रतिशतको बढोत्तरीका साथ बन्द भएको थियो । 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।