नवनियुक्त गभर्नरको पहिलो काम: कोभिड १९ को असर अध्ययन गर्न कमिटि गठन

Apr 07, 2020 01:21 PM merolagani



नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर माहाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पर्ने प्रभाव र राष्ट्र बैंकले चाल्नुपर्ने कदको लागि अध्ययन अगाडि बढाउन कमिटि गठन गरेका छन्। 

अधिकारीले प्रधान न्यायधिशबाट शपथ खाएर पदभार ग्रहण गर्दै राष्ट्र बैंकको गभर्नरको पहिलो कामस्वरुप उक्त निर्देशन दिएकाे राष्ट्र बैैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए।

भट्टले भने 'कोभिड १९ को असरले अर्थतन्त्रमा के पर्छ र त्यो असर न्यूनिकरण गर्न के कस्ता नीतिगत उपायहरु अपनाउनुपर्छ भन्ने विषयमा अध्ययन अगाडि बढाउनको कमिटि गठन भएको छ।'

उक्त कमिटि राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको हो । कमिटिमा विदेशि विमिय व्यवस्थापन विभाग, नियमन विभाग,सुपरिभिजन विभाग, भुक्तानी प्रणली विभाग, बैंकर्स सँघका प्रतिनिधि रहेका छन्। उक्त कमिटिमा आवश्यकता अनुसार अन्य विज्ञहरुलाइ समेत बोलाउन सकिने उनले बताए।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।