कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ; स्वाथ्य मन्त्रालय

Apr 07, 2020 05:12 PM Merolagani



कोरोना भाइरस संक्रमित सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित सबैजनाको स्वाथ्य अवस्था सामान्य रहेको बताएका हुन्।

नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। त्यसमध्ये एकजना भने निको भइसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र टेकु अस्पतालमा २ जना र बाग्लुङमा २ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको प्रवक्ता देवकोटाले जानकारी गराए।

यस्तै उनले कैलाली र कंञ्चनपुरमा र्यापिड डानोष्टिक टेष्ट र नमुना स्वाव परीक्षण भइरहेको जनाकारी गराए। उनका अनुसार कैलालीमा १८ र कंञ्चनपुरमा २१ नमुना संकलन भएको छ। जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने तयारी भैरहेको उनले जनकारी गराए।