अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द हुने

Apr 07, 2020 05:50 PM Merolagani



अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो । लकडाउनको समथ थपिएसंगै अन्तर्राष्ट्रिय हवाई उडान पनि १५ दिन थप भएको हो । 

अन्तरिक उडानबारे भने आगमी बैठकले निर्णय गर्ने समितिले जनाएको छ । 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख तीन गते सम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।