अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द हुने

Apr 07, 2020 05:50 PM Merolagani



अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो । लकडाउनको समथ थपिएसंगै अन्तर्राष्ट्रिय हवाई उडान पनि १५ दिन थप भएको हो । 

अन्तरिक उडानबारे भने आगमी बैठकले निर्णय गर्ने समितिले जनाएको छ । 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख तीन गते सम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।