जापानद्धारा एक महिना लामो आपतकालको घोषणा, १० खर्ब डलरको प्रोत्साहन प्याकेज

Apr 07, 2020 05:40 PM Merolagani

जापानी प्रधानमन्त्री शिन्जो आबेले मंगलबार जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना लामो आपतकाल घोषणा गरेका छन् । यसैगरी उनले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहन स्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत गरेका छन् । 

बुधबारदेखि लागू हुने गरी उनले उक्त आपतकाल घोषणा गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ ।

जापान सरकारले ९ खर्ब ९१ अर्ब डलर (१०८ ट्लिियन यान) अर्थात् कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत बराबरको आर्थिक प्रोत्साहन प्याकेजलाई स्वीकृती प्रदान गरेको छ । ताकि विश्वको तेस्रो ठूलो अर्थव्यवस्थामाथि महामारीको प्रभाव कम गर्न सकियोस् ।

यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको प्रोत्साहन प्याकेजको ११ प्रतिशत बराबर र जर्मनीको प्रोत्साहन प्याकेजको ५ प्रतिशत मात्र हो ।

आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ । 

आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्नका लागि र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि लागि दबाबको स्थिति सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई अधिक शक्ति प्रदान गर्दछ ।

आबेले भने, यदि हामीले अन्य व्यक्तिसङ्गको सम्पर्क ७०% देखि ८०% सम्म घटाउन सक्यौ भने आगमी २ सातामा हामी संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्छौ । 

सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए ।

जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।