कोभिड–१९ विरुद्धको प्रतिक्रियाका लागि विश्व बैंकद्धारा साढे ३ अर्बभन्दा बढी सहयोग

Apr 07, 2020 06:50 PM Merolagani



विश्व बैंकले नेपालमा कोभिड–१९ महामारीको प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई ३ अर्ब ५२ करोड अर्थात् २ करोड ९० लाख डलर सहयोग उपलब्ध गराउने भएको छ । 

उक्त परियोजनामा तत्काल प्रतिक्रियामा ध्यान केन्द्रित गर्न र भाइरससँग लड्नका लागि आवश्यक तयारी गर्ने आवश्यकतालाई मध्यनजर गर्दै सम्झौता गरिएको बताइएको छ ।

उक्त ऋण सहयोग सम्बन्धी समझदारीपत्रमा मंगलबार विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र आइसोलेशन वार्ड स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिनेछ । परियोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । आजैदेखि उक्त परियोजना लागू हुनेछ ।

सचिव ढुंगानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तरराष्ट्रिय विकास संगठन (आईडीए) बाट बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैंकले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

देशीय प्रबन्धक हदादले कोभिडविरुद्ध नेपाल सरकारले समयमै चालेका सुरक्षात्मक कदमको प्रशंसा गरे । नेपालका विकासका साझेदारसँगको समन्वयमा बैंकले कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको अल्प, मध्य र दीर्घकालीन मूल्याङ्कन गर्ने जानकारी दिंदै उनले पर्यटन, विप्रेषण, श्रम, व्यापार एव रोजगारीका क्षेत्रलाई गतिशील तुल्याउन बैंकले थप सहयोग गर्ने बताए । 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।