बिन्दासले बित्दै छ शेयर लगानीकर्ताकाे हाेम क्वारेन्टाइन

Apr 08, 2020 12:32 PM Merolagani

ज्योति शाह
कोरोना महामारीले यतिबेला विश्व अर्थतन्त्रमा अस्तव्यस्त बनेको छ । त्यसको बाछिटा नेपालमा पनि परेको छ । सरकारले कोरोना महामारी नियन्त्रणकालागि लकडाउन गरेएको २ साता भइसकेको छ । अर्थतन्त्रको एक प्रमुख हिस्सा शेयर बजार पनि लकडाउनकै कारण बन्द छ । शेयर बजार बन्द भएपछि लगानीकर्ताहरु पनि घरमै  दिन कटाइरहेका छन्। 

घरमा फूर्सदिला शेयर लगानीकर्ताहरुको दैनिकी र शेयर बजारको अबको भविष्यबारे मेरोलगानीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बिदुर भट्टराई, सन्त लगानीकर्ता 

लकडाउनका कारण आजभोली ब्रोकर कार्यालय जान पाएको छैन। बचेको समय आफ्नै कुटीमा ध्यान गरेर समय बिताउछु । ध्यान बाहेक फुर्सदमा सामाजिक दूरी कायम गर्दै छिमेकीसँग गफगाफ हुन्छ । शेयर बजार, कारोबार र साथीभाईको न्यास्रो लागेको छ । तर तर राष्ट्रमाथि नै संकट आएको बेला हामीले पनि आफ्नो दायित्व बिर्सन हुँदैन । सबैजना सुरक्षित रहौँ, जीवन रहेमा लगानीका बारेमा सोचौँला । सन्त महन्तको सेवामा पनि लाग्ने गरेको छु । शेयर बजारको बारेमा आत्तिहाल्नुपर्ने अवस्था छैन । केहि समय बजारको अवस्था चिन्ताजनक रहला तर हामीले धैर्य गनुपर्छ ।

छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेष्टर फोरम

क्वारेन्टाईनको समयलाई परिवारसँग व्यतित गरिहेको छु । मेरो एक मात्र सुत्र छ,'घरमा रहनुहोस्,जीवन बचाउनुहोस् ।' हरेक दिन योगा तथा व्यायाम गर्छु,सन्तुलित आहार खान्छु । घरको बगैँचामा फूल र फलफूलको स्याहारसम्भार तथा समाचार पढ्नमा पनि दिन जान्छ । फोरमका केहि अपुरा कामलाई टुंग्याउनमा पनि लागेको छु । महामारीको समयमा पनि परिवारसंग रहन पाएकोमा आफुलाई भाग्यमानी ठान्दछु ।

विश्वमा नै आर्थिक क्षति हुँदा नेपाल र शेयर बजार यसबाट अछुतो रहदैन । यद्यपी स्वास्थ्य नै धन भएकाले हाल जीवनका बारे सोच्ने समय हो । कोरोनाका कारण त्रास बढेको र बजार घटेको हो तर केहि समयमा शेयर बजार फेरि प्रगति हुनेछ । लगानीकर्ताहरुको लगानी सुरक्षित रहनुपर्छ । लगानीकर्ताको स्वास्थ्य सुरक्षा र सरकारको लकडाउनमा समर्थन जनाउँदै शेयर बजार बन्द गरिएको हो । नेपाली शेयर बजार सेमी अनलाईन हो, ब्रोकरकोमा पुग्नैपर्ने हुन्छ । शारिरिक संलग्नता नहोस् भन्नकालागि बजार बन्द गरिएको हो । बैंकको ब्याजमा सरकारको राहत प्याकेजबाट पनि लगानीकर्तालाई मद्धत पुग्ने अपेक्षा छ । तर बैंकहरुसँग समन्वय गर्न र निर्देशन दिन सरकारले ढिलाई गर्नु हुन्न ।

राधा पोखरेल, अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ 

मुटुको बिरामी भएकाले अलि सचेत छु घरमै बसेर समय बितेको छ । घरमा बसेर सामाजिक सन्जाल हेर्ने, सचेतनाका लागि लेख्ने, सामाजिक संजाल मार्फत सचेत रहन आग्रह गरेर नै समय काटिरहेकी छु । घरको सरसफाइ र करेसाबारीमा काम गरेर दिन बितेको छ । शेयर लगानी भन्दा पनि राष्ट्रको अर्थतन्त्र र नेपाली नागरिकको भविष्यको बारेमा चिन्ता गर्ने बेला हो यो । शेयर राम्रो कम्पनीमा छ भने आत्तिनु पर्दैन । हिम्मतका साथ बजार अध्ययन गर्नुपर्छ । केहि समय निराशाजनक हुन सक्छ । बैंकबाट ऋण लिएर कारोबार गर्नेलाई राहतको व्यवस्था मिलोस् ।

प्रकाश अधिकारी,लगानीकर्ता /अभिनेता

क्वारेन्टाईनको समय घरको काममै सदुपयोग गरेको छु । सबै परिवार संगै हुन नपाउँदा अलि चिन्ता थपिएको छ । समय सापेक्ष करुणामय गीत रचना पनि गर्दैछु । शेयर बजारका बारेमा चिन्ता लिनु जरुरी छैन् । शेयर बजार न पहिले खराब थियो न अहिले नै छ । यो जुवा होइन, व्यापार हो जसमा उतार चढाव आइहाल्छ । पर्खेर हेर्ने रणनिती अपनाउँदा समय गलत छैन । पहिलो साता बजार घट्छ तर पछि फेरी बढ्छ । शेयर बजारको प्रकृति नै यस्तै हो । सजिलो पक्कै छैन तर सोचेर,बुझेर लगानी गरेमा राम्रो हुन्छ । कोरोना महामारीको अन्त्य पछि शेयर बजारमा ढुक्क भएर लगानी गर्न मेरो सबैलाई आग्रह छ ।

दिलीप श्रेष्ठ, लगानीकर्ता

त्रासै त्रासले दुनियाँलाई भित्रभित्रै घाउ भयो
व्यापार गर्ने बानियाँलाई आफू खुशी भाउ भयो
गाउँ सहर सुनसान पार्ने कोरोनाको कहर पनि
शासन गर्ने शासकलाई कमिसनको दाउ भयो

शेयर बजारका पुराना लगानीकर्ता दिलीपले मुक्तकमार्फत कोरोनाको वर्तमान अवस्थाको चित्रण गरे । 'मलाई लकडाउनको आभाष खासै भएको छैन । घर परिवारमा नै बस्न पाएको छु, कौषीखेती फस्टाएको छ । बगैँचा तथा कौसीमा तरकारी र फलफूलको स्याहार सुसारमै दिन बित्छ । कारोनाका कारण बन्द शेयर बजारको मलाई खासै तनाव छैन। शेयर इन्डेक्स बुलिज ट्रेन्डमा कदम राखेको थियो तर बन्द भयो । पर्यटन क्षेत्र, हाइड्रोपावर, इन्स्योरेन्स, बैंक लगायत देशका धेरै क्षेत्रमा असर परेको छ तर त्यो लामो समय रहन्न । केहि समय यथावत रहेपनि बजार पुनःउकालो लाग्छ । लगानीपुर्व कम्पनीको छनोट गरेर सुरक्षित लगानी गर्न सकेमा सोहि अनुरुपको फल पाइनेमा शंका छैन ।'

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।