महालक्ष्मी विकास बैंकद्वारा कोरोना नियन्त्रणका लागि ५० लाखको सहयोग

Apr 08, 2020 03:35 PM Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) ले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बैकले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख रुपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो।

बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रिय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ।

उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।