महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा एलइडि सूचना बोर्ड जडान

Apr 09, 2020 06:18 PM Merolagani

महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि४ एलईडि सूचना बोर्ड जडान गरेको छ ।

उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।