राष्ट्र बैंकले किन बिक्री गर्दैछ भटाभट विकास ऋणपत्र? एक साता नबित्दै ३५ अर्बको अर्काे ल्यायाे

Apr 17, 2020 11:57 AM merolagani



नेपाल राष्ट्र बैंकले वैशाख ७ गते आइतबार ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

 केन्द्रिय बैंकले यसअघि गत चैत २७ गते पनि ३० अर्ब रूपैयाँ बराबरकाे  पाँच वर्षे विकास ऋणपत्र विक्री गरेकाे थियाे।  

वैशाख ८ गते सोमबार निष्काशन हुने विकास ऋणपत्र २०८१ ’घ’ को अवधि ३ वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात २९ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धिका लागि छुट्याएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ४५ अर्ब २५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले बैशाख ७ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यहि बैशाख ८ गते निष्काशन हुनेछ भने २०८० बैशाख ८ गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।