सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणमा सरकारी वकिल कार्यालयले पनि जाहेरी लिन मानेन

Apr 28, 2020 04:40 PM merolagani



सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवको अपहरणा प्रकरणमा सरकारी वकीलको कार्यालयले पनि जाहेरी लिन अस्वीकार गरेको छ। मंगलबार नेपाल कम्युनिस्ट पार्टी सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिन नेताहरु सरकारी वकिलको कार्यालय पुगे पनि कार्यालयले उनीहरू विरुद्ध जाहेरी लिन नमानेको हो। 

यसअघि काठमाण्डौ प्रहरी परिसरले पनि जाहेरी गर्न अस्विकार गरेको थियो। यसमा सरकारी वकिलकाे कार्यालयले समेत यसबारे थप कुरा बुझेर मात्रै जाहेरी लिन सकिने बताएकाे छ। 

समाजबादी पार्टीका सांसद महोत्तरीबाट अपहरण गरी काठमाण्डै ल्याएको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बबरमहल पुगेका थिए । अपहरण परेको भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव पनि वकिल कार्यालयमा पुगेका थिए।

गत बुधबार महोत्तरी घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए। भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए।।

सांसद बस्नेतले आफुलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बताएपनि खनाल र दुई संसदले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन्।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।