निर्धन उत्थानको नाफा घटेसँगै ईपीएस साढे १६ रुपैयाँ घट्यो

May 11, 2020 09:58 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ३२ लाख रूपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको यसै अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा लघुवित्तले ५२ करोड ७५ लाख खुद नाफा कमाएको थियो।

यससँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएसमा पनि गिरावट आएको छ। गत आवको तेस्रो त्रैमासमा ५८ रुपैयाँ ६२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १६ रुपैयाँ ५५ पैसा घटेर ४२ रुपैयाँ ७ पैसामा सीमित भएको छ। लघुवित्तको प्रति शेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २१.६३ गुणा रहेको छ। 

लघुवित्तको तेस्रो त्रैमाससम्ममा एक अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ भने ७४ करोड ९५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तले १२ अर्ब ८२ करोड निक्षेप संकलन गरी २० अर्ब ७३ करोड कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले १० अर्ब २७ करोड निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड कर्जा लगानी गरेको थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.७६ प्रतिशत पुगेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।