निर्धन उत्थानको नाफा घटेसँगै ईपीएस साढे १६ रुपैयाँ घट्यो

May 11, 2020 09:58 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ३२ लाख रूपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको यसै अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा लघुवित्तले ५२ करोड ७५ लाख खुद नाफा कमाएको थियो।

यससँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएसमा पनि गिरावट आएको छ। गत आवको तेस्रो त्रैमासमा ५८ रुपैयाँ ६२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १६ रुपैयाँ ५५ पैसा घटेर ४२ रुपैयाँ ७ पैसामा सीमित भएको छ। लघुवित्तको प्रति शेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २१.६३ गुणा रहेको छ। 

लघुवित्तको तेस्रो त्रैमाससम्ममा एक अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ भने ७४ करोड ९५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तले १२ अर्ब ८२ करोड निक्षेप संकलन गरी २० अर्ब ७३ करोड कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले १० अर्ब २७ करोड निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड कर्जा लगानी गरेको थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.७६ प्रतिशत पुगेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।