अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसकी दोस्रो कर्मचारीलाई पनि कोरोना संक्रमण

May 11, 2020 03:59 PM Merolagani



अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका प्रेस सल्लाहकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । माइकका प्रवक्ता केटि मिलरमा शुक्रबार कोरोना संक्रमण पाइएको हो । मिलर ह्वाइट हाउसका कोरोना भाइरस संक्रमण पाइएको दोश्रो कर्मचारी हुन् ।

सिएनएनका अनुसार यस अघि बिहीबार अमेरिकाका राष्ट्रपति ट्रम्प डोनाल्डका निजी सेवकमा पनि संक्रमण पाइएको थियो । 

मिलरमा देखिएको संक्रमणले अमेरिकाका राष्ट्रपति ट्रम्प डोनाल्डलाई आन्तरिक घेराभित्र रहनुपरेको छ । ट्रम्पले ह्वाइट हाउसमा रिपब्लिकन कंग्रेसका सदस्यहरुसँगको भेटमा केटीको कोरोना परिक्षणमा पोजिटिभ नतिजा आएको बताएका हुन् । उनले आफ्नो सम्पर्क मिलरसँग नभएतापनि उपराष्ट्रपति पेन्स भने उनको सम्पर्कमा रहेको पनि जानकारी दिएका छन् ।

मिलर प्रायजसो प्रेस सदस्यहरुसँग सम्पर्कमा रहेको र ह्वाइट हाउसमा अब पत्रकारहरुकालागि धेरै कोरोना भाइरस परिक्षण भइरहेको पनि बताइएको छ ।मिलर हाल ह्वाइट हाउसबाट टाढा आइसोलेसनमा छिन् । 

केटि मिलर ट्रम्पका निकट र वरिष्ठ सल्लाहकार स्टेफन मिलरकी श्रीमती हुन् । उनले शुक्रबार आफ्नो कोरोना परिक्षणमा नतिजा पोजिटिभ आएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् । उनले समर्थकलाई धन्यवाद दिँदै आफ्नो अवस्था राम्रो रहेको पनि जानकारी दिएकी छिन् ।

केटि मिलरको परिक्षण पोजिटिभ पाइएपछि ह्वाइट हाउसको वेष्ट विंगमा त्रास फलिएको छ । यद्यपी उपराष्ट्रपति माइक पेन्स भने क्वारेन्टाईनमा नरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।