अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसकी दोस्रो कर्मचारीलाई पनि कोरोना संक्रमण

May 11, 2020 03:59 PM Merolagani



अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका प्रेस सल्लाहकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । माइकका प्रवक्ता केटि मिलरमा शुक्रबार कोरोना संक्रमण पाइएको हो । मिलर ह्वाइट हाउसका कोरोना भाइरस संक्रमण पाइएको दोश्रो कर्मचारी हुन् ।

सिएनएनका अनुसार यस अघि बिहीबार अमेरिकाका राष्ट्रपति ट्रम्प डोनाल्डका निजी सेवकमा पनि संक्रमण पाइएको थियो । 

मिलरमा देखिएको संक्रमणले अमेरिकाका राष्ट्रपति ट्रम्प डोनाल्डलाई आन्तरिक घेराभित्र रहनुपरेको छ । ट्रम्पले ह्वाइट हाउसमा रिपब्लिकन कंग्रेसका सदस्यहरुसँगको भेटमा केटीको कोरोना परिक्षणमा पोजिटिभ नतिजा आएको बताएका हुन् । उनले आफ्नो सम्पर्क मिलरसँग नभएतापनि उपराष्ट्रपति पेन्स भने उनको सम्पर्कमा रहेको पनि जानकारी दिएका छन् ।

मिलर प्रायजसो प्रेस सदस्यहरुसँग सम्पर्कमा रहेको र ह्वाइट हाउसमा अब पत्रकारहरुकालागि धेरै कोरोना भाइरस परिक्षण भइरहेको पनि बताइएको छ ।मिलर हाल ह्वाइट हाउसबाट टाढा आइसोलेसनमा छिन् । 

केटि मिलर ट्रम्पका निकट र वरिष्ठ सल्लाहकार स्टेफन मिलरकी श्रीमती हुन् । उनले शुक्रबार आफ्नो कोरोना परिक्षणमा नतिजा पोजिटिभ आएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् । उनले समर्थकलाई धन्यवाद दिँदै आफ्नो अवस्था राम्रो रहेको पनि जानकारी दिएकी छिन् ।

केटि मिलरको परिक्षण पोजिटिभ पाइएपछि ह्वाइट हाउसको वेष्ट विंगमा त्रास फलिएको छ । यद्यपी उपराष्ट्रपति माइक पेन्स भने क्वारेन्टाईनमा नरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।