सान्जेन जलविद्युतको खुद नोक्सानी बढ्यो

May 13, 2020 12:20 PM Merolagani



सान्जेन जलविद्युत कम्पनी (SJCL) को खुद नोक्सानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ५४.४२ प्रतिशत बढेको छ। गत आवको तेस्रो त्रैमासमा ६८ लाख एक हजार रुपैयाँले खुद नोक्सानीमा रहेको कम्पनी चालु आवको सोही अवधिमा एक करोड ५ लाख रुपैयाँले खुद नोक्सानीमा रहेको छ। 

चुक्ता पूँजी २० प्रतिशतले बढाएर ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष ९ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

यस अवधिमा कम्पनीले ५४ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आवको तुलनामा कम्पनीको आम्दानी ६१.१३ प्रतिशत घटेको हो। गत आवको यसै अवधिमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा छ।

कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। यी दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालसम्म समग्रमा माथिल्लो सान्जेनको ८७ प्रतिशत तथा सान्जेनको ७६ प्रतिशत प्रगति भएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।