नेप्लाईद्वारा लकडाउन प्रभावित काठ मजदुरहरुलाई राहत वितरण

May 13, 2020 03:16 PM Merolagani



नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित काठ मजदुरहरुलाई विभिन्न स्थानमा राहत वितरण गरेको छ ।

नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौँका विभिन्न स्थानमा राहत वितरण गरेको हो ।

नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँको बसुन्धारामा पनि राहत वितरण गरेको छ । भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिँहले राहत सामाग्री वितरण गरेका हुन् ।

' नेप्लाइको साझेदारी समृद्धि २०२० को ’ अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्व स्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिने सिँहले बताएका छन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।