राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क घटेपछि नाफा प्रभावित

May 14, 2020 11:30 AM Merolagani



राष्ट्रिय बीमा कम्पनी (RBCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधीसम्ममा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ४ लाख रुपैयाँ कम हो।

गत आर्थिक वर्षको यसै अवधीसम्ममा कम्पनीले ५८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आवको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १७ करोड ४७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा १२ करोड ८६ लाख रुपैयाँ कम हो।

नविकरण बीमाशुल्क समयमै संकलन गर्न नसक्दा खुद बीमाशुल्क घटेको देखिएको कम्पनीले जनाएको छ। गत अर्थिक वर्षको चैतसम्ममा कम्पनीले ३० करोड ३३ लाख रुपैयाँ खदु बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ११ करोड ६९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब १९ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १० हजार ६३२ वटा बीमालेख जारी गरी १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै यस अवधिमा कम्पनीका ४ हजार ४३५ बीमालेख नविकरण भएका छन्।

कम्पनीले एक हजार ३९५ वटा दाबी बापत ९ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६७ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १ हजार १९३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ४४.४१ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।