दुई दिनको कारोबारमा चलखेल भएको हो या होइन ? नेप्सेलाई रिपोर्ट पेस गर्न बोर्डको निर्देशन

May 15, 2020 02:29 PM Merolagani



पछिल्लो समय दुई दिन भएको शेयर कारोबारको छानबिन गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्न भन्दै बोर्डले निर्देशन दिएको हो।

बोर्डले दुई दिन भएको शेयर कारोबार के कस्तो किसिमको हो त्यसको अध्ययन गरी बोर्डलाई जानकारी दिन भनेको हो। 'प्राइस म्यनुपुलेट गर्ने उद्देश्यले कारोबार गरेको हो या होइन ?  के कस्तो कारोबार हो ? खरिद गर्ने र बिक्री गर्ने मान्छे के कस्ता खालका हुन् ? सबै अध्ययन गरेर रिपोर्ट पेस गर्ने भनेका छौ' बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले भने।

नेप्सेले रिपोर्ट पेस गरेपछि कारबाही प्रक्रिया अघि बढाउने बोर्डको योजना छ। रिपोर्टमा कारोबार गर्ने व्यक्ति खराबै देखिए उनीहरूलाई धितोपत्रको नियम अनुसार व्यक्तिगत रूपमै कारबाही अघि बढाउने र नियमित कारोबार नै भए त्यसको राफसाफ प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ। रिपोर्टको आधारमा प्रक्रिया अघि बढ्ने बोर्डको भनाइ छ।

लगानीकर्ताले दुई दिनको कारोबारलाई रद्द गर्नु पर्छ भन्ने चर्को माग राखेपछि बोर्डले उक्त विषय अघि बढाएको हो। यो विषयको छिनोफानो नभए सम्म बोर्डले पछिल्लो दुई दिनको कारोबार राफसाफ समेत रोकेको छ। 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।