आईपीओको तयारीमा रहेका जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा, कुन बीमा कम्पनी कस्तो?

May 17, 2020 05:16 PM Merolagani



सर्वसाधारणहरुलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १० जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको हो। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, एक कम्पनीले एक शीर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शीर्षकमा अब्बल देखिएको छ।

साढे १० अर्ब बीमाशुल्क आर्जन, युनियन लाइफको मात्रै ३० प्रतिशत योगदान 

यस अवधिसम्ममा आईपीओ निष्काशनको तयारीमा रहेका १० जीवन बीमा कम्पनीहरुले १० अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

यसमा सबैभन्दा धेरै २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार शुरु गरेको युनियन लाइफको मात्रै ३० प्रतिशत अर्थात ३ अर्ब १७ करोड १४ लाख रुपैयाँको योगदान रहेको छ। यस्तै, सबैभन्दा कम माघ २७ गतेदेखि व्यवसायिक कारोबार शुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो। 

खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ। रिलायबलले यस अवधिमा एक अर्ब २० करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। यस्तै, सिटिजन लाइफले एक अर्ब १६ करोड ३५ लाख रुपैयाँ, ज्योति लाइफले एक अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

अन्य कुनैपनि बीमा कम्पनीहरूले खुद बीमाशुल्क अर्ब कटाउन सकेका छैनन्। आइएमई लाइफले ८६ करोड ८५ लाख, रिलायन्स लाइफले ७९ करोड ७१ लाख, सन नेपाल लाइफले ७९ करोड १० लाख रुपैयाँ, सानिमा लाइफले ५७ करोड ५८ लाख रुपैयाँ र प्रभु लाइफले ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ। 

खुद नाफामा रिलायबलको अग्रता

चालु आर्थिक वर्षमा तेस्रो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्योरेन्सले खुद नाफामा अग्रता लिएको छ। यस अवधिमा रिलायबलले १६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै, खुद नाफाका आधारमा दोस्रो स्थानमा सिटिजन लाइफ रहेको छ। सिटिजनले १४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसैगरी, ज्योति लाइफले ११ करोड ५१ लाख, युनियन लाइफले ९ करोड ९२ लाख, आईएमई लाइफले ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरका छन्।

यसैगरी, सानिमा लाइफले ७ करोड ६९ लाख रुपैयाँ, सन नेपाल लाइफले ७ करोड ३३ लाख रूपैयाँ, महालक्ष्मी लाइफले ६ करोड ५८ लाख रूपैयाँ, रिलायन्स लाइफले ६ करोड १८ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

जीवन बीमा कोषमा युनियन लाइफ र जगेडा कोषमा रिलायबल मजबुत

नयाँ १० जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको युनियन लाइफले जीवन बीमा कोषलाई पनि मजबुत बनाएको छ। यता सबैभन्दा धेरै खुद नाफा कमाएको रिलायबल लाइफको जगेडा कोष बलियो देखिएको छ।

यस अवधिमा युनियन लाइफको जीवन बीमा कोषमा ३ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ संचित छ। यस्तै, जगेडा कोषमा ४४ करोड १४ लाख रुपैयाँ छुट्टाएको छ।

ज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र आईएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष एक अर्ब माथि रहेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा सबैभन्दा थोरै ४९ करोड १९ लाख रुपैयाँ सञ्चित छ।

जगेडा कोषतर्फ भने रिलायबल लाइफ इन्स्योरेन्स अघि रहेको छ। रिलायबल लाइफको जगेडा कोषमा ५९ अर्ब ७५ करोड रुपैयाँ सञ्चित छ। सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ मात्रै रहेको छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।