अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७ वर्षयताकै उच्च, भारतमा हालसम्मकै महंगो

May 18, 2020 06:14 PM Merolagani



सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कोभिड–१९ को महामारीका कारण विश्वभर मन्दी गहिरिने आशंकासँगै विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा बढोत्तरी देखिएको हो। 

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३ प्रतिशतले बढेर प्रतिऔँन्स एक हजार ७६३ डलरमा कारोबार भएको छ। यो सन् २०१२ अक्टोबर पछिको उच्च मूल्य हो।

अमेरिका र चीनका बीचको पछिल्लो तनावको अवस्था, गहन विश्वव्यापी मन्दीको बढ्दो चिन्ता, केन्द्रीय बैंकबाट पर्याप्त तरलताको उपलब्धता आदिका कारणले गर्दा सुनको मूल्य बढ्न पुगेको बताइएको छ।

सुनमा लगानी कम जोखिमपूर्ण अर्थात् सुनलाई सबैभन्दा सुरक्षित लगानीको क्षेत्र मानिएका कारण पछिल्लो समय लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको पाइन्छ। 

यससँगै भारतमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। भारतमा सुन प्रति १० ग्राम ४७ हजार ९२९ रुपैयाँमा खरिदबिक्री भएको छ। 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।