बजेटमा बीमा समितिको चार बुँदे सुझाव, पहुँच विस्तारमा विशेष जोड

May 18, 2020 05:45 PM Merolagani



बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन चार बुँदे सुझाव पेश गरेको हो।

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँच विस्तारका लागी सुझाव दिएको बताए। उनले भने, 'हाल नेपालमा बैदेशिक रोजगार म्यादी बीमा सहित २७ प्रतिशतमा बीमाको दायर विस्तार भएको छ। यो दायरालाई अझ विस्तार गर्न हामीले सरकारलाई चार बुँदे सुझाव पेश गरेका छौं।'

समितिका अध्यक्ष चापाँगाईका अनुसार कृषि बीमा अन्तर्गत पाउदै आईरहेको बीमाशुल्क अनुदानलाई निरन्तरता दिने र लघु बीमामा पनि कृषि बीमामा जस्तो अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। सरकारले हाल कृषि बीमा अन्तर्गत कुल बीमाशुल्कको ७५ प्रतिशतसम्म अनुदान दिदै आएको छ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता राख्दै कृषि तथा पशुपन्छी बीमाको दायरा बढाउने योजना अघि सारेको छ।

यस्तै, समितिले जीवन बीमा गर्दा आयकरमा दिदै आएको कर छुटको सीमा पनि बढाउनु पर्ने सुझाव दिएको छ। हाल २५ हजारसम्म पाउने गरेको त्यो सुविधा बढाएर ५० हजारसम्म पुर्याउनु पर्ने सुझाव दिएको अध्यक्ष चापाँगाई मेरोलगानीलाई बताए। यसले जीवन बीमाको पहुँच विस्तारमा टेवा पुग्ने उनको भनाई छ।

सबै सम्पतीहरु बीमा गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न पनि समितिले सुझाव दिएको उनले जनाकारी गराए।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।