लकडाउनमा बैंक सञ्चालन गर्न केन्द्रिय बैंकले जारी गर्यो 'बैंककाे सेवा सञ्चालन मार्गदर्शन', यस्ता छन् नयाँ व्यवस्था

May 19, 2020 09:26 AM merolagani



नेपाल राष्ट्र बेंकले लकडाउनको समयमा बैंककाे सेवालाइ निरन्तरता दिन 'बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७' जारी गरेको छ। बैंककाे काम सञ्चालन गर्दा बैंकका कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रिय बैंकले उक्त मार्गदर्शन जारी गरेको हो।

केन्द्रिय बैंकले बढीमा एक तिहाई कर्मचारीबाट सेवा सञ्चालन गर्नपर्ने व्यवस्था गरेको छ भने कर्मचारी विचमा न्युनतम भौतिक दूरी कायम गरी काम गर्नुपर्ने व्यवस्था छ। 

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापन सम्बन्धि काय सञ्चालन गर्दा न्युनतम भौतिक दुरी कायम गरी अनिवार्य रुपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रदान गर्नुपर्ने छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिदा सुरुमा शिलबन्दि बाक्सा नै बुझिलिने र केहि दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने छ।

नोटबाट संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ।

सेवाग्राहीहरुमा दुरी कायम गर्न रेखाङ्कन तथा क्यु रडको व्यवस्थापन गर्ने तथा कर्मचारीले समेत अत्यावश्यक भन्दा बाहेकका कामहरुको लागि भेट नगर्ने व्यवस्था छ।

बैंक प्रवेश गर्दा अनिवार्य रुपमा इन्फ्रारेड थर्मोमिटरबाट शरिरको तपक्रम मापन गर्न लगाउने र कार्यलय प्रवेश गर्ने हरेक सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गरेको हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी सम्भव भएसम्मका कामहरु घरबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

यस्ताे छ बैंकले जारी गरेकाे 'बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७':

 





सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।