४०० केभी प्रशासन लाइन बनाई छाड्ने प्रधानमन्त्री ओलीको दाबी

May 19, 2020 02:42 PM Merolagani



सरकारले लप्सीफेदी-रातमाटे-हेटौंडा, लप्सीफेदी-रातमाटे-हेटौंडा-दमौली-बुटवल ट्रान्समिसन लाईन बनाई छाड्ने बताएका छन् । संघिय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि जवाफ दिदै प्रधानमन्त्रीले उक्त ट्रान्समिसन लाईन बनाई छाड्ने बताएका हुन् ।

नेपाल सरकारले भोलीका लागि आज पेट काटेरभएपनि ट्रान्समिसनको लाईन बन्दै प्रष्ट पार्दै उनले भने, 'सरकारले पेट काटेर भएपनि ट्रान्समिसनको लाईन बनाउछ । ट्रान्समिसनको लाईन नबनाई विद्युत कसरी बेच्ने ? त्यसैले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।'

विद्युत व्यापारको बजार खोजिरहेको बेला ट्रान्समिशनको लाईनको विकल्प नभएको प्रधानमन्त्री ओलीको भनाई छ ।

गत जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विषय संसद भएको बताए । एमसीसीको सन्दर्भमा संसदले छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

यस्तै सरकारले कोरोना भाइरसको नियन्त्रण गरेर विकास कार्यमा अघि बढ्ने प्रधानमन्त्री ओलीले
प्रतिवद्धता जनाए ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।