मोटर बीमामा छुट दिन बीमा समितिको निर्देशन, कुल बीमाशुल्कको दुई तिहाई छुट पाउने

May 19, 2020 06:06 PM Merolagani



बीमा समितिले मोटर बीमामा बीमाशुल्क छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन गरेपछि समितिले मोटर बीमामा छुट दिने निर्णग गर्दै उक्त निर्देशन दिएको हो ।

बीमा समितिले लकडाउनको समयमा सवारी साधन प्रयोग नरहेको सूचना सम्बन्धमा लकडाउन सुरु भएको चैत ११ गतेलाई लिने र समयावधि सरकारबाट लकडाउन हटाएको समयसम्म थप गर्न निर्देशन दिएको छ ।

थन्किएको अवधिको बीमाशुल्क छुटको गणना गर्दा सपारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक रकम छुट दिने व्यवस्था गरेको छ ।

यस्तै कुल बीमाशुल्क हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समुह समेतको हिसाब गर्नुपर्ने र छुट हुने रकम, सवारी साधन बीमाको नविकरण गर्दा नविकरण शुल्कमा समायोजन गर्न बीमा समितिले निर्देशन दिएको छ ।

साथै सवारी साधनको अन्यत्र बीमकसंग नविकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमाकले छुट रकममो प्रमाणपत्र उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

 चालु अवधिमा दाबी परिसकेको सवारी साधनको हकमा थन्किएको अवधिको लागि भने छुट नहुने समितिले जनाएको छ । 

 

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।