अमेरिकामा कोरोना भ्याक्सिन मानव परीक्षण सफल, भ्याक्सिन बनाउने कम्पनीको शेयर ३० प्रतिशत बढ्यो

May 19, 2020 07:25 PM Merolagani



कोरोना भाइरसको महामारी रोक्नका लागि जारी भ्याक्सिनको पहिलो चरणको ट्रायलमा मानिसमा गरिएको परीक्षणमा सकारात्मक नतिजा आएको बताइएको छ। 

उक्त भ्याक्सिन बनाउने बोस्टनस्थित बायोटेक कम्पनी मोर्डनाले यसबारेमा जानकारी दिदैँ जो व्यक्तिमा कम्पनीको mRNA भ्याक्सिनको परीक्षण गरिएको थियो, उसको शरिरमा अपेक्षा गरेभन्दा उत्कृष्ट प्रतिरोधात्मक क्षमता बढेको र साइड इफेक्ट पनि सामान्य मात्र रहेको बताएको छ।

कम्पनीको शेयर ३० प्रतिशत बढ्यो
कोरोना भाइरस mRNA भ्याक्सिनको सफल ट्रायलको खबरले वाल स्ट्रीटमा जोश भर्ने काम गर्याे र एसएण्डपी ५०० सूचक मध्याह्नको कारोबारका क्रममा ३ प्रतिशतले बढ्यो। यसका साथै मोर्डन कम्पनीको शेयरमा करिब ३० प्रतिशतको उछाल देखियो। योसँगै कम्पनीको शेयरको मूल्य पनि ६६ डलरबाट बढेर ८७ डलर पुग्यो।

कम्पनीले प्रारम्भिक चरणको ट्रायलको अन्तिम परिणामको बारेमा बताएको हो। कम्पनीका अनुसार, कम्पनी 1273 नामक उक्त भ्याक्सिन जो व्यक्तिमा दिइएको थियो, उसको शरिरमा केबल सामान्य मात्र साइड इफेक्ट देखियो र भ्याक्सिनको प्रभाव सुरक्षित र सहनीय भएको पाइयो। एजेन्सीको सहयोगमा 




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।