बीमालेख धितो कर्जाको ब्याज छुट दिन बीमा समितिको निर्देशन

May 20, 2020 07:19 PM Merolagani



बीमा समितिले बीमालेख धितोमा ऋण लिएकाहरुलाई व्याज छुट दिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक सर्कुलर जारी गर्दै बीमालेख धितो राखि बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याज छुट दिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

समितिले बीमालेख धितो राखि बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याज लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्ममा व्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

समितिले बीमकका लागि जारी गरको बीमकको सूचना तथा प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रहि बीमालेख अनलाइन बिक्री गर्ने कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यको आाधारमा स्वीकृत गर्ने जनाएको छ ।

यस्तै समितिको निर्देशनको अधिनमा रहि लकडाउन अवधीभर बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भच्र्युअल रुपमा गर्न सकिने र उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन समितिले पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

बीमक व्यवस्थापन खर्च घटाउने सम्बन्धी कुनै योजना पेश गरेमा बीमा समितिले औचित्यको आधारमा स्वीकृत गर्न सकिने जनाएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।