बीमालेख धितो कर्जाको ब्याज छुट दिन बीमा समितिको निर्देशन

May 20, 2020 07:19 PM Merolagani



बीमा समितिले बीमालेख धितोमा ऋण लिएकाहरुलाई व्याज छुट दिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक सर्कुलर जारी गर्दै बीमालेख धितो राखि बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याज छुट दिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

समितिले बीमालेख धितो राखि बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याज लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्ममा व्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

समितिले बीमकका लागि जारी गरको बीमकको सूचना तथा प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रहि बीमालेख अनलाइन बिक्री गर्ने कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यको आाधारमा स्वीकृत गर्ने जनाएको छ ।

यस्तै समितिको निर्देशनको अधिनमा रहि लकडाउन अवधीभर बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भच्र्युअल रुपमा गर्न सकिने र उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन समितिले पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

बीमक व्यवस्थापन खर्च घटाउने सम्बन्धी कुनै योजना पेश गरेमा बीमा समितिले औचित्यको आधारमा स्वीकृत गर्न सकिने जनाएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।