झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, चार जना निको भए

May 21, 2020 04:31 PM Merolagani



बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा एक जना र झापामा ८ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका आठ जना पुरुष रहेका छन् । उनीहरु १७ वर्षका एक जना, १८ वर्षीय दुई जना, २० वर्षीय दुई जना, २३ वर्षीय एक जना, ५५ र ५२ पुरुष वर्षीय रहेका छन् ।

यस्तै रुपन्देहीको श्रीलंकन गेष्ट हाउसको क्वारेनटाइनमा रहेका २७ वर्षीय पुरुष रहेका छन् । योसंगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

यस्तै बिहीबार थप चार जना कोरोना संक्रमित निको भएका छन्। टेकु अस्पतालमा उपचाररत् उनीहरूलाई अस्पतालले आज डिस्चार्ज गरेको हो।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार उनीहरु २७ र ३७ वर्षीय दुई जना पुरूष र २३ र २५ वर्षीय दुई जना महिला छन् । उनीहरु ९ दिनको हस्पिटल बसाई पछि निको भएर घर फर्किएका हुन् । 

योसँगै संक्रमणबाट निको हुनेको संख्या ४९ पुगेको छ। 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।