क्वारेनटाइमा १५ दिन बसेर मात्र पुगेन,थप १५ दिन घर बसेपछि बल्ल बीमालेख खरीद गर्न मिल्ने

May 22, 2020 03:46 PM Merolagani



बीमा समितिले कोरोना बीमालेख परिमार्जन गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि समितिले कोरोना बीमाको लागि थप व्यवस्था गरेको हो ।

खुल्ला सीमानाका कारण विशेषगरी भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमा नाकामा अत्याधिक चाप परेको भन्दै कोरोना बीमालेखको लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गरेको हो ।

उक्त निर्देशन अनुसार कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेनटाइमा १५ दिन बसेपछि आफ्नो परिवारमा समाबेश भएको १५ दिनपछि मात्रै कोरोना बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

आरडिटी परीक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने बीमा समितिले जनाएको छ ।

अण्डरराईटिङ कार्यका लागि संलग्न पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेभसाइटमा राख्नु पर्ने र उक्त फारम भरी स्वीकृत भएपछि मात्रै बीमालेख जारी हुने गरी आफ्नो विद्युतिय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नुपर्नेछ ।

बैशाख ७ गते देखि सुरु गरेको कोरोना बीमामा एक महिनाको अवधिमा कुल १२ हजार ५७८ बीमा मार्फत १ लाख ५९ हजार ९३६ जनाको बीमाख भएको समितिले जनाएको छ । त्यसवाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।