दश वर्षिय डिप्रेशन र ऋणमा डुब्ने अग्रणी अर्थशास्त्रीको चेतावनी

May 23, 2020 02:14 PM Merolagani



अथशास्त्री न्युरियल रुबिनीले कोरोना भाइरसबाट ठूलो मन्दी र सुस्त रिकभरीको चेतावनी दिएका छन्।

उदासिन भविष्यवाणीका कारण डा. डूमको उपनाम पाएका प्रोफेशर रुबिनीका अनुसार यहाँ केही यस्ता रोजगारीहरु छन् जुन यस महामारीपछि सजिलै पहिलेको अवस्थामा आउनेछैन।कोरोना भाइरसको प्रभावका बाबजुत यस वर्ष विश्व अर्थतन्त्रमा केही सुधार भएपनि यो ‘बेरङ्ग’ हुनेछ।

उनले ‘अभूतपूर्व’ मन्दीको चेतावनी दिएका छन्। प्रोफेसर रुबिनीले अरुभन्दा धेरै अघि सन् २००८ को वित्तीय संकटको पूर्वानुमान गरेका थिए।

‘विश्वव्यापी वित्तीय संकटको समयमा उत्पादन तिव्र गतिमा ओरालो लाग्न तीन वर्ष लागेको थियो,’ उनले भने, ‘यस वर्ष यस्तो हुन ३ वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामा यस्तो प्रतित भइरहेको छ कि सबै ‘फ्रिफल’ भइरहेको छ’।

प्रोफेसर रुबिनिका अनुसार कुनै पनि रिकभरी यस्तो आकृतिमा हुन्छ जसलाई अर्थशास्त्रीहरु ‘यू’ भन्छन् वा ‘एल’ सँग मिल्दोजुल्दो हुन्छ जसलाई उनी ‘ग्रेटर डिप्रेसन’ भन्छन्।

‘यू’ आकारको रिकभरीको अर्थ वृद्धि ओरालो लाग्नेछ र सुस्त अथवा बिना विकासको लामो अवधिपछि मात्र उकालो लाग्नेछ।

‘एल’ आकृतिको रिकभरी अझ कडा छ–छिटो खस्ने र लामो समयसम्म सोही अवस्थामा रहिरहने।

यो किनभने धनी र गरिब दुबै देशहरुमा भाइरससँग लड्नका लागि गरिएको ब्यापक तालाबन्दीको परिणमका कारण धेरैले ज्यान गुमाइसकेका छन्।

‘जति पनि रोजगारीहरु गुमेका छन् ती सबै आंशिक मात्र फिर्ता आउनेछ, त्यो पनि थोरै तलबसँग, बिना कुनै लाभ,’ उनले भने, ‘औषत काम गर्ने व्यक्तिको लागि रोजगारी र आय तथा ज्यालाको पनि असुरक्षा हुनेछ’।

बाउन्सीङ्ग ब्याक?

कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेसँगै र धेरै मुलुकहरुले दोस्रो चरणको संक्रमण देखिरहेको समयमा उनले यस्तो चेतावनी दिएका हुन्। आर्थिक वृद्धि चाँडै बाउन्स ब्याक हुन्छ भन्ने आशामा धेरै अर्थतन्त्रहरु खुल्न संघर्ष गरिरहेका छन्।

‘तपाई पसल खोल्न सक्नुहुन्छ तर प्रश्न यो हो कि के ग्राहकहरु पहिले जस्तै आउँछन्?’ उनले भने। ‘चीनका धेरै सपिङ्ग सेन्टरहरु अझै पनि खाली छन्। उडानहरु आधा खाली छन्, जर्मन पसलहरु खुल्ला छन्, तर को जान चाहन्छन्?’

उदयमान एशियाले ‘अन्य उन्नत अर्थतन्त्रहरु’ भन्दा राम्रो वृद्धि देख्नेछ।

तर अमेरिका र चीन बीन ठूलो फाटो आउनेछ र धेरै एशियाली मुलुकहरु दुई महाशक्तिका बीच छनौट गर्न बाध्य हुनेछन्।

‘दुबै मुलुकहरुले अन्य बाँकी मुलुकहरुलाई भन्नेछन् कि तिमीहरु हाम्रो साथमा छौ कि विरुद्ध?’ उनले भने। ‘तपाई या त हाम्रो एआई सिस्टम, फाइभ जी, प्रविधि, रोबोटिक्स प्रयोग गर्नुहोस या मेरो दुश्मनको प्रयोग गर्दैछौँ। त्यसैले यहाँ विभाजित विश्वको बन्नेछ’।

प्रोफेसर रुबिनिले विश्व अर्थतन्त्रसम्बन्धि गरेको निरन्तर नकारात्मक रहेका कारण डा. डूमको उपनाम पाएका थिए। एजेन्सीको सहयोगमा




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।