सोमबार सार्वजनिक बिदा

May 24, 2020 08:17 AM Merolagani



सरकारले जेठ १२ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। मुस्लिम समुदायका पर्व ईदुल फित्रको अवसरमा सो दिन सार्वजनिक बिदा दिने घोषणा गरिएको हो।

यस अघि गत जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आज (जेठ ११ गते) आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, दक्षिण एशियाभर बाट जेठ १० गते चन्द्रमा नदेखिएका कारण उक्त पर्व जेठ १२ गते मनाउने निर्णय गरी मुस्लिम आयोगले सो दिन बिदा दिन अनुरोध गरेपछि सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले बताएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।