सोमबार सार्वजनिक बिदा

May 24, 2020 08:17 AM Merolagani



सरकारले जेठ १२ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। मुस्लिम समुदायका पर्व ईदुल फित्रको अवसरमा सो दिन सार्वजनिक बिदा दिने घोषणा गरिएको हो।

यस अघि गत जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आज (जेठ ११ गते) आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, दक्षिण एशियाभर बाट जेठ १० गते चन्द्रमा नदेखिएका कारण उक्त पर्व जेठ १२ गते मनाउने निर्णय गरी मुस्लिम आयोगले सो दिन बिदा दिन अनुरोध गरेपछि सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले बताएको छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।