बलिउड अभिनेता किरण कुमार कोभिड १९ संक्रमित, १० दिनदेखि होम क्वारेन्टिनमा

May 24, 2020 09:53 AM Merolagani



भारतिय मिडिया अनुसार बलिउड अभिनेता किरण कुमार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्। १० दिन अघि उनले यसबारे थाहा पाएका हुन्। सो दिनदेखि उनी होम क्वारेन्टिनमा छन्।

एक अन्तरवार्ताका क्रममा उनले आफ कोभिड १९ पोजेटिभ भएको खुलासा गरेको भारतिय मिडियाले जनाएको छ। उनले सानो कामका लागि गरिएको अस्पताल भ्रमणका क्रममा कोभिड १९ परीक्षण गराएका थिए जसको नतिजा पोजेटिभ आएको उनले बताए। उनले यो पनि बताए कि उनमा संक्रमणको कुनै लक्षण देखिएको थिएन। उनीले २५ मे, सोमबार पुनः कोरोना परीक्षण गराउने बताएका छन्। एजेन्सीको सहयोगमा