कसरी हुन्छ सुरक्षित शेयर लगानी ?

May 25, 2020 10:20 AM Merolagani



बद्री गाेविन्द श्रेष्ठ

कुनै व्यक्ति वा समुदायले आफ्नाे आय श्रोतको रूपमा उत्पादनको बिक्री, तलब, भत्ता, उत्पादन र पेन्सन व्यवसायबाट हुने नाफा, बैंकमा जम्मा गरेको निक्षेपबाट प्राप्त ब्याज, घर बहाल, भाडा सम्पत्ति बिक्रीबाट प्राप्त रकम, लगानीबाट प्राप्त लाभांश लिएका हुन्छन्।

त्यसरी प्राप्त श्रोत रकम पहिले खाना, नाना, छानामा त्यसपछि क्रमश: शिक्षा, स्वास्थ्य र अन्य कतै लगानीको रूपमा प्रयोग गरिएको हुन्छ। यसरी आर्थिक श्रोतको परिचालन भएको हुन्छ।

लगानीकर्ताहरूले पनि नाफा कमाउने हेतु विभिन्न प्रकारले आफ्नो श्रेातलाई लगानी गरेका हुन्छन्। यस्तै, शेयर बजारमा लगानी गरी आम्दानी गर्ने मनसाय राखेका व्यक्ति तथा समूहले पनि केही आशा र सपनाका साथ लगानी गरेका हुन्छन्।

शेयर लगानीकर्ताले सकारात्मक नतिजाका लागि सुरक्षित लगानी कसरी गर्ने? भनेर केही तथ्य तथा सुझाव यहाँ प्रस्तुत गर्दैछु।

  • नगद जिन्सी तथा तरल सम्पत्तिलाई शेयरको रूपमा तथा शेयरलाई जिन्सी तथा नगदकाे रूपमा परिवर्तन गर्ने कार्यलाई निरन्तरता दिने।
  • आफ्ना रकम तथा जिन्सी र तरल सम्पतिको लगानी भएका शेयरको वर्तमान मूल्य र भावी मूल्य मूल्याङ्कन गर्ने
  • राम्रा कम्पनीमा लगानी गर्ने जसले नाफा कमाउंछ, नाफा बाँड्छ
  • विश्वासनीयता भएका कम्पनीहरूमा लगानी गर्ने जुन कम्पनीका संस्थापकहरूको विगतमा कुनैपनि आर्थिक व्यवहारमा प्रश्न उठेको नहोस र वर्तमानमा व्यवस्थापन चुस्त होस्
  • भविष्यमा मूल्य बढ्ने कम्पनीहरूमा लगानी गर्ने, कम्पनी अर्थिक रूपले सम्पन्न हुनुपर्छ
  • शेयर लगानीलाइ अल्पकालीन र दीर्घकालीन रूपमा वर्गीकरण गर्नुपर्छ
  • ब्लूचीप्स शेयरमा लगानी गर्ने, यस्ता शेयर तुलनात्मक रूपमा महंगो भएपनि विगतदेखि निरन्तर राम्रेा लाभाँश दिने गरेकेा हुन्छ।
  • बेानस शेयरको रूपमा नाफा बाँड्ने कम्पनीहरूमा लगानी गर्ने
  • धेरै कर्जा उपयाेग नगरी सन्तुलित मात्रमा कर्जा उपयाेग गरेका कम्पनीहरूमा लगानी गर्ने
  • अवश्यकताको सिद्धान्त अनुसार लगानी गर्ने, थप लगानी गर्ने र बिक्रीबाट प्राप्त रकम शेयर लगानीबाट झिक्ने
  • विभिन्न समूहका शेयरहरू मिलाएर लगानी गर्ने
  • आफ्नो क्षमता अनुसारमात्र लगानी गर्ने
  • शेयर लगानीको लागतलाई क्रमिक रूपले घटाउँदै जाने
  • प्राथमिक जारी शेयर (initial primary offer) मा लगानी शुरू गर्दै दोश्रो बजार (secondary market) प्रवेश गरी शेयर खरीद बिक्री गर्ने
  • अरूको लहैलहैमा लागेर शेयर लगानी नगरी लगानीका अधारभूत कुराहरूलाई ध्यान दिँदै लगानी गर्ने
  • निश्चित समयको अन्तरालमा आफूले लगानी गरेका कम्पनीहरूको विषयमा जानकारी राख्ने तथा शेयर लगानीको समीक्षा र मूल्याङ्कन गर्दै जाने
  • बजारमा सजिलैसित खरीद बिक्री हुन सक्ने अर्थात शेयर संख्या धेरै भएका शेयरमा लगानी गर्ने
  • एक निश्चित अवधिमा आउने शेयर मूल्यको गिरावट र वृद्धि हेरी खरीद बिक्री गर्ने

कुनैपनि लगानी जेाखिम युक्त हुन्छ, जेाखिम उठाए बापत लगानीकर्ताले नाफा प्राप्त गर्छन्। आफ्नो जेखिम बहन गर्न सकिने क्षमताको मूल्याङ्कन गरी शेयरमा लगानी गर्दा लगानीबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ। 

(पूर्व बैंकर समेत रहेका धितेपत्र व्यवसायी श्रेष्ठको विचार व्यक्तिगत हुन्।)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।