बालेनको स्टाटसले समाजिक सञ्जाल ततायो, समर्थकको समेत आलोचना

Nov 02, 2025 11:29 AM Merolagani



शनिवार मध्यरातमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पोष्ट गरेको स्टाटसले समाजिक सञ्जाल तताएको छ । मेयर शाहले स्टाटसमा प्रयोग गरेका शब्द माथि आपती जनाउँदै समाजिक सञ्जालमा धारणाहरु बन्न सुरु भएको हो ।

अश्लील शब्द प्रयोग गरेर छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उक्त स्टाटसले शाहलाई विवादमा तानेको छ । बालेन समर्थकहरुले समेत आलोचना गरेको पाइन्छ । महानगरपालिका मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अमर्यादित अभिब्यक्तिको रुपमा लिइएको छ ।

 

भलै स्टाटस पोष्ट भएको केही मिनेटमै हाटाइको थियो । यद्यपि स्क्रिन सट प्रयोग गर्दै सो स्टाटसको अभिव्यक्ति बारेमा व्यापक बहस चलिरहेको छ । धेरैले मेयरको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादा विपरीत भएको जिकिर गरेका छन् । हास्यात्मक, ठट्याउली वा प्रतीकात्मक रुपमा धाराणहरु बनेका छन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।