बालेनको स्टाटसले समाजिक सञ्जाल ततायो, समर्थकको समेत आलोचना

Nov 02, 2025 11:29 AM Merolagani



शनिवार मध्यरातमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पोष्ट गरेको स्टाटसले समाजिक सञ्जाल तताएको छ । मेयर शाहले स्टाटसमा प्रयोग गरेका शब्द माथि आपती जनाउँदै समाजिक सञ्जालमा धारणाहरु बन्न सुरु भएको हो ।

अश्लील शब्द प्रयोग गरेर छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उक्त स्टाटसले शाहलाई विवादमा तानेको छ । बालेन समर्थकहरुले समेत आलोचना गरेको पाइन्छ । महानगरपालिका मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अमर्यादित अभिब्यक्तिको रुपमा लिइएको छ ।

 

भलै स्टाटस पोष्ट भएको केही मिनेटमै हाटाइको थियो । यद्यपि स्क्रिन सट प्रयोग गर्दै सो स्टाटसको अभिव्यक्ति बारेमा व्यापक बहस चलिरहेको छ । धेरैले मेयरको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादा विपरीत भएको जिकिर गरेका छन् । हास्यात्मक, ठट्याउली वा प्रतीकात्मक रुपमा धाराणहरु बनेका छन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।