किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने

May 25, 2020 08:25 AM RSS



कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसँग आइतबार भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम शुरु प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ।

‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको हो। यसका लागि काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल भइसकेको छ। मन्त्री भुसालले सङ्घीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरे। त्यसका लागि ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण शुरु गरिनेछ।

मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै सङ्कलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने भएकाले किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने जनाए।

छलफलमा प्रदेशका मन्त्रीहरु पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमत भएका थिए।

कोरानो महामारीबाट आहत बनेको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तीनै तहका सरकारबीच समन्वय हुन लागेको हो। मन्त्री भुसालले आगामी बजेटबारे गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।